logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • इलाममा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

    इलाममा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न


    इलाम , फागुण १० ।
    नेपाली कांग्रेस इलाम नगरपालिका ५ वडा कार्यसमितिको आयोजनामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ । शिविर बाट ५ सय ४० घरधुरी किसान लाभान्ति भएका छन । शिविरमा ५ नम्बर वडा सहित छिमेकका वडाका किसानहरुले सेवा लिएको जनाईएको छ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ केन्द्रिय कार्यलयको आर्थिक सहयोगमा भएको शिविरमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ इलामले प्राविधक सहयोग गरेको आयोजकले जनाएको छ ।

    शिविरमा १२० कुुकुर लाई रेबिज विरुद्धको भ्यक्सिन , ११० पशुको गोबर परिक्षण , ४६ बोकाको बन्धयाकरण , ५८० गाईलाई औषधि वितरण , ८० गोरुको लागि औषधि वितरण गरिएको जनाइएको छ । यस्तै १६० भैसी रागाको लागि अ‍ौषिधी वितरण गरिएको थियो भने ४५० बाख्राको लागि औषधि वितरण गरिएको जनाईको छ । ४८० हाँस कुखुराको लागि औषधी उपलब्ध गरिएको थियो ।

    शिविरमा ५ लाख रुपैया भन्दा बढीको औषधी निशुल्क वितरण गरिएको जनाइएको छ । नेपाली कांग्रेस इलाम जिल्ला सभापति डम्बर खड्काको प्रमुख आतिथ्यता र इलाम नगरपालिका ५ नेपाली कांग्रेस वडा सभापतिा प्रकाश दुलालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ केन्द्रिय सदस्य रिखिलाल गौतम ,नेपाल पशु स्वास्थ्य प्राविधिक जिल्ला संघका अध्यक्ष भुपेन्द्र गड्तौला लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा इलाम नगरपालिका ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठ , नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलाममा नेताहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

    नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ केन्द्रिय कार्यलयलाई सम्मान पत्र प्रदान गरिएको थियो भने शिविरमा सेवा पुर्याृउु भएका नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ इलामका प्राविधिकहरुलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७८ फाल्गुन १०, मंगलवार १६:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP