logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • प्रथम इलाम गोल्डकप आजदेखि , उद्घाटन खेलमा आयोजक र मानेभञ्ज्याङ भिड्दै

    प्रथम इलाम गोल्डकप आजदेखि , उद्घाटन खेलमा आयोजक र मानेभञ्ज्याङ भिड्दै


    इलाम , माघ ६ :
    इलाममा आजदेखि प्रथम इलाम गोल्डकप सुरु हुदैछ । इलाम सदरमुकाम स्थित ठुलो टुडिखेलमा सञ्चालन हुने अन्तरर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेडहर्ष फुटवल क्लब र विदेशी टोली भारत दार्जिलिङ्खको मानेभञ्ज्याङ फुटबल क्लब भिड्ने भएका छन् ।


    फुटबल खेललाई पर्व जतिकै महत्व दिने इलाममा ४ वर्षयता स्तरीय फुटबल प्रतियोगिता हेर्न नपाएका दर्शक उत्साहित छन । यही मैदानमा विगत वर्षमा इलामकै ठुलो प्रतियोगिता माईभ्याली गोल्डकप आयोजना हुँदै आएको थियो । कोभिड महामारी पछि आर्थिक रुपमा संकटमा परेकाले माईभ्याली गोल्डकप छौटौ ं संस्करण पछि अगि बढन सकेको छैन । फुटबलको माध्यमबाट खेल र पर्यटन प्रवद्धन गर्न रेडहर्ष फुटबल क्लबले प्रथम संस्करणको इलाम गोल्डकप आयोजना गरेको क्लबका सदस्य तथा अखिल नेपाल फुटवल संघ एन्फाका पुर्व केन्द्रिय सदस्य निरोज खड्गीले बताउनु भयो । सुस्ताएको इलामलाई व्युताउन प्रतियोगिता संचालन गरिएको खड्गीको भनाइ छ ।


    प्रतियोगितामा संचालनको लागि व्यवस्थित खेलमैदान नहुदा आयोजकले मैदान तयारीको लागि लाखौ रकम खर्चिएका छन । दर्शकका लागि बाँसको अस्थायी पारापिट निमार्ण गरिरएको छ । मैदानको उत्तर पहिरो गएकोले वाल लगाइएको छ । मैदान व्यवस्थापन र पारापिट निमार्णमा मात्रै १० लाख रुपैया खर्च भएको क्लबका सचिव प्रकाश घिमिरेले बताउनु भयो । व्यवस्थित खेल मैदान अभावले प्रतियोगिता संचालन गर्न खेलमैदानमा लाखौ रकम खर्च गर्न बाध्य भएको घिमिरे बताउनुहुन्छ । श्रोत जुटाउन सहयोगी दाताहरु , संंघ संस्था , सरकार, व्यवसायी , विदेशमा रहेका नेपालीले सहयोग गरीरहेको आयोजकले जनाएको छ । प्रतियोगिताको लागि ६० लाख बढी खर्च लाग्ने आयोजकले जनाएको छ ।
    प्रतियोगितामा एक विदेशीसहित आठ टीमको सहभागिता रहेको छ । नेपालका ‘ए’ डिभिजन क्बल न्युरो टिम एनआरटी काठमाडौं सहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवाक्लब सर्लाही, आयोजक रेडहर्ष फुटबल क्लब इलाम र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतको सहभागिता छ ।


    प्रतियोगितामा राष्ट्रिय खेलाडीहरु समेत विभिन्न टिमबाट इलामको मैदामा खेल्नेछन् । राष्ट्रिय खेलाडी विमल घर्तीमगर, सिमान्त थापा र राजेश परियार पाँचथरबाट खेल्ने जनाईको छ । दिपक कार्की इटहरीबाट, छिरिङ गुरुङ र उत्सव राई आयोजक टीममा छन । सन्तोष महत बुटवलबाट, हिसुब थपलिया, अभिषेक वराई, प्रशान्त लक्सम र देवेन्द्र तामाङ झापाबाट खेल्दैछन । विजेताले नगद पाँच लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर र उदयमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल माघ १३ गते हुनेछ । आज हुने उद्धघाटनमा द भ्वइस अफ सिजन ५ का विजेता विनोद राई र गायक यम बरालको सांगितिक प्रस्तुति रहने आयोजकको तयारी छ ।



    Avatar निगरानी संवाददाता    
  • २०८० माघ ६, शनिबार ०८:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP