सूर्योदय : इलामको सूर्योदय नगरपालिका ११ को पञ्चकन्या देवि मन्दिर परिसरमा विश्वकर्मा बाबाको मुर्ति मंगलबार अनावरण गरिएको छ ।
सूर्योदय नगरपालिका उपमेयर दुर्गाकुमार बरालले मुर्तिको अनावरण गरेका हुन् ।
पञ्कन्या मन्दिर विकास एवं संरक्षण समितिका अध्यक्ष भीष्म प्रधानको अध्यक्षतामा भएका कार्यक्रममा उपाध्यक्ष दुर्गामान राईले स्वागत गरेका थिए ।
उद्घाटनका क्रममा उपमेयर बरालले पञ्चकन्या मन्दिरको विकासका लागि नगरपालिकाले सहयोग गर्ने बताए । उनले मन्दिरको विकासका लागि समितिसंगै अघि बढ्ने समेत बताए ।
अध्यक्ष प्रधानले मन्दिर क्षेत्रमा हनुमानको मुर्ती समेत स्थापना गर्न लागेको बताए ।
पञ्चकन्या उत्पतिबारे नयाँ दावी
इलाम जिल्लाकाे पर्यटकीय क्षेत्र सूर्योदय नगरपालिका वडा नं ११ मा रहेको पञ्चकन्या मन्दिरको वस्ताविक तथ्य आज बाहिरी आएको छ। पञ्चकन्या माता मन्दिरको उत्पति कसरी भयो र कस्ले गर्यो भन्ने तथ्य आज सार्वजानिक भएको छ । विक्रम संवत १८७७ साल वैशाख पूर्णिमाको दिन यसको उत्पति झाक्री ( माङपा ) स्व . कस्वीर दुखुन राईले ढोल , ढङग्रो , मुदुम सहित उत्पती गरेको कुरा खुल्न आएको छ । पञ्चकन्या मन्दिर संरक्षण समिति द्वरा इतिहासको खोजी तथा अनुसन्धान गर्ने क्रममा साविक श्रीअन्तु गाविस ४ मेची , हाल सूर्योदय नगरपालिका वडा नं ४ निवासी स्व . कास्वीर राईको छोरा स्व . मोतिराज राई , स्व . मोतिराजको छोरा स्व . भक्त बहादुर राई र स्व . भक्त बहादुर राईको जेठा छोरा मनिम राई ( भुपती ) झाक्री माङपाले उक्त कुरा बताउनुभएको हो ।
प्रतिक्रिया