logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • सोनाम ल्होसारको दिन इलाममा सय बढी डम्फू र टुङ्ना ल्याइदै

    सोनाम ल्होसारको दिन इलाममा सय बढी डम्फू र टुङ्ना ल्याइदै

    इलाम:सोनाम ल्होसारको अवसरमा इलाममा सास्कृतिक कार्यक्रम आयोजना गरिने जनाइएको छ । यहि माघ १७ गते इलाम चाेककजारमा सास्कृतिक कार्यक्रमका साथ सोनाम ल्होसार मनाउन तयारी गरिएको  नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति इलामले जनाएको छ । विभिन्न कार्यक्रमका साथ मनाउने तयारी तिव्र पारिएको अध्यक्ष दावा तामाङले बताउनु भयो ।


    । कार्यक्रममा सय बढी डम्फू र टुङ्ना समेत प्रदर्शन गरिने तामाङले बताउनु भयो । पछिल्लो पुस्तामा मौलिक र जातीय सस्कृती बारे जानकारी नहुदा लोप हुँदै गएकोले संरक्षणको लागि पनि कार्यक्रमले सघाउ पुर्याउने आयोजको अपेक्षा छ ।
    इलाममा नै पहिलोपटक सय डम्फू र १० वटा टुङ्ना तयार गरि इलाम चोकबजारमा प्रदर्शन गरिने  नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति इलामका सचिव इश्वरी तामाङ्ले जानकारी दिनु भयो । फाकफोकथुम गाउँपालिका युवाहरुले तयार गरेको जनाइएको छ । २८६१ औं नयाँ बर्ष अर्थात सर्प बर्ष (सा पख्री)को अवसरमा इलाममा तामाङ समुदायले आफनो संस्कार संस्कृति जोगाउनका भव्य रुपमा कार्यक्रम गर्न लागिएको  सचिव तामाङले जानकारी दिनु भयो ।
    विहिबार हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको नेपाल तामाङ घेदुङ सङ इलाम नगर कार्यसमिति अध्यक्ष कृष्ण तामाङले बताउनु भयो । तामाङको आफनै जातीय परिकार रहेको छ । रैथाने बाली कन्दमुलको प्रयोग गरि विभिन्न परिकार बनाएर खाने चलन छ ।


    सोनाम ल्होसारका अवसरमा घर बस्तीहरू सफा गरी बुद्धका चित्रहरू अङ्कित ध्वजापताकाहरू टाँगेर बुद्धको पूजा अर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबै जना एकै ठाउँमा भेला भई नाचगान रमाइलो पनि गरिन्छ । यसरी गाइने अनि नाचिने गीतहरूलाई ‘तामाङ सेलो’ भनिन्छ, सुस्तरी तर बडो मधुर रूपमा गाइने यस्ता सेलोहरूमा डाँडा पाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया प्रेमका भावनाहरू पनि समावेश हुन्छ । डम्फु चाहिँ यस समुदायको हस्ताक्षर बाजा हो । डम्फु अनि सेलोको सुमधुर मिश्रण मनमोहक हुन्छ । धेरैजसो यस्ता सामुदायिक कार्यक्रमहरू खुला आकाशमुनि गरिन्छ, परम्परागत पहिरनमा सजिएका तामाङ समुदायका व्यक्तिहरू लगायत अन्य सबै समुदाय अनि सबै धर्मका व्यक्तिहरूलाई यस समुदायले खुल्ला हृदयले स्वागत गर्दछन् ।

    तामाङ नेपाल आदिवासी जनजाति भित्र पर्ने एक जात हाे ।तिनीहरू आफ्नै विशिष्ट संस्कृति, भाषा र धर्म छ। आफ्नो पैतृक भूमिलाई ताम्सालिङकाे रूपमा चिनिन्छ। ताम्सालिङ पूर्व मा दुधकाेशी,पश्चिमी बुढीगण्डगी देखि र दक्षिण मा चुरे वा शिवलिक पहाडहरू गर्न उत्तर मा हिमालय क्षेत्रहरु पर्दछ ।तामाङ नेपाल बौद्ध पालना गर्ने सबै भन्दा ठूलो जनसंख्या हो। इलाममा करीब २० हजार जनसंख्या तामाङको रहेको छ ।



    निगरानी    
  • २०८१ माघ १६, बुधबार १६:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP