पाँचथरको फिदिम बजारमा आगलागी,३१ लाख बढी क्षति

पाँचथरको फिदिम बजारमा आगलागी,३१ लाख बढी क्षति

पाँचथर , बैशाख २५ पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजारमा आज विहान भएको आगलागीमा ३१ लाख ३१ हजार रुपैंयाको क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार लखन मार्ग स्थित शिक्षा तथा समन्वय इकाइ अगाडी दावा शेर्पाको घरमा विहान ८ वजे भएको आगलागीमा नष्ट भएको घरमा बस्ने ६ परिवारको गरी यत्तिको क्षति भएको हो ।आगलागीमा  शेर्पाको ७ लाख ५० हजार सहित सोहि घरमा डेरा बस्दै आएका   खड्गवहादुर गुरुङको ६ लाख ६० हजार,  कुलबहादुर मगरको ३ लाख, तारा भुजेलको २ लाख, मनवहादुर सुनारको ३ लाख ७२ हजार, जितवहादुर मिफोकको २ लाख ४० हजार र इन्द्रकुमार योक्पाङदेनको ३ लाख ५९ हजार सहित यातायात मजदुर संघको कार्यालयमा रहेका २ लाख ४० हजार मुल्य वरावरका फर्निचर जलेर नष्ट भएका हुन ।घर आगलागीमा परेपछि डेरा गरी वस्ने ६ परिवारका २२ जना बिस्थापित भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।आगलागीको कारण खुलेको छैन । विहान ८ वजे शुरु भएको आगलागी फिदिम नगरपालिकाका २ वटा दमकलको सहायतामा सुरक्षाकर्मी र स्थानीले आधा घण्टा पछि नियन्त्रणमा लिएका थिए । मितेरी डट कम बााट