logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • इलाममा कुुटपिटबाट एकयुवाको मृत्यु

    इलाममा कुुटपिटबाट एकयुवाको मृत्यु

    इलाम माघ २६ :
    इलाममा कुुटपिटबाट घाइते भएका एकजना युवाको मृत्यु भएको छ । इलाम नगरपालिका ९ गोलबस्तीका ३२ वर्षे मिलन सुनुवारको मृत्यु भएको जिल्ला प्रहरीकार्यलय इलामले जनाएको छ । 
    माघ २४ गते बेलुका ७ बजेतिर  कुटपिटबाट गम्भीर घाइते भएका उनको  थप  उपचारका लागि झापा लैजानेक्रममा शुक्रबार  बाटोमा मृत्यु भएको जनाएको छ ।
    सुनुवारको इलाम अस्पतालमा उपचार भएर सामान्य भएपछि डिस्चार्ज गरिएको भए पनि  शुक्रबार बिहान समस्या भए पछि  थप उपचारका लागि झापा लैजादै गर्दा मृत्यु भएको जनाइएको छ । सुनुवारलाई  साथीले कुटपिट गरेपछि  घाइते भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीकोको भनाइ छ । कुटपिट गर्ने ब्यक्ति फरार रहेकोेले उनको खोजी भइरहेको छ।



    निगरानी    
  • २०८१ माघ २६, शनिबार ०९:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP