logo
  • २०८३ बैशाख २, बुधबार | Wed, 15 Apr 2026
  • महिला उद्यमी संघ इलामको छैठौं बार्षिक साधारण सभा सम्पन्न

    महिला उद्यमी संघ इलामको छैठौं बार्षिक साधारण सभा सम्पन्न

    इलाम , ३ चैत : महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण सभा इलाम सदरमुकाममा सम्पन्न भएको छ । संघकी अध्यक्ष रोमी पौडेल कोइरालाको अध्यक्षता एवं इलाम नगरपालिकाकी उपमेयर बिष्णु लिम्बू दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागिले महिलालाई उद्यम क्षेत्रमा प्रोत्साहन गर्नका लागि तीनै तहका सरकार तथा सरोकारवाला निकायले लगानी गर्नुपर्नेमा जोड दिएका छन  । 
    कार्यक्रममा संघकी महासचिब उषा निरौलाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने  कोषाध्यक्ष तीर्थ निरौलाले ३ लाख १८ हजार रुपैंयाँ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा इलाम नगरपालिकाकी सफल महिला उद्यमी मेनुका निरौलालाई सम्मान गरेको छ ।

    कार्यक्रममा इलाम नगरपालिका ७ कि वडाध्यक्ष नरेश श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालका प्रमुख एकनाथ दाहाल , इलाम नगरपालिका महिला बालबालिका शाखा प्रमुख तीला शर्मा ,  संघको सस्थापक अध्यक्ष तथा इलाम नगर पर्यटन प्रवर्द्धन समिती संयोजक शुशिला सापकोटा ,  नगर महिला समन्वय समिति अध्यक्ष पुष्पा खनाल , होटल एसोसिएसन इलाम अध्यक्ष देवी पौडेल  , महिला उद्यमी संघ फाकफोकथुम गाउँपालिका अध्यक्ष चनु मगर , ढाका उद्यमी देविका राई , घरेलु महासङ महिला इकाईकी ,सकुन्तला राई ,सञ्चारकर्मी सबिता पाण्डे लगायतले शुभकामना दिँदै महिलालाई सिपमूलक तालिमहरु दिएर उद्यमसंग जोड्नुपर्ने बताउनु भएको थियो । उद्योगी र ब्यापारी एक अर्काका सहयोगी भएकोले बिचौलिया रहित बनाउन आवश्यक औल्याइएको थियो । यस्तै जिल्लाभरका उद्यमीहरुलाई एकताबद्ध बनाएर लैजानु पर्नेमा जोड समेत दिइएको थियो ।


    कार्यक्रम संघकी  सचिव रन्जना जोशी श्रेष्ठले संचालन गर्नु भएको थियोे भने वरिष्ठ उपाध्यक्ष दिव्या भट्टराईले स्वागत मन्त्वय राख्नु भएको थियोे ।  संघमा जिल्लाभरका ३५ जना महिला उद्यमी आबद्ध छन् । इलामका  उद्यमीले उत्पादन गरेका , ढाका कपडा , अचार , बिस्कुट , सजावटका सामग्री , धुप , मैनबत्ती लगायत सामाग्री प्रदर्शनी तथा विक्री समेत गरिएको छ ।



    निगरानी    
  • २०८१ चैत्र ४, सोमबार ०९:०८ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP