logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • मध्यरातमा प्रतिनिधिसभा बिघटन , चुनावको मिति घोषणा

    मध्यरातमा प्रतिनिधिसभा बिघटन  , चुनावको मिति  घोषणा

    काठमाडौ जेठ ८ । मन्त्रिपरिषद्को सिफारिस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गर्नु भएको छ ।
    मन्त्रिपरिषदले गरेको सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गर्नु भएको छ ।
    बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बित्तिकै राष्ट्रपति कार्यालयले यस्तो घोषणा गरेको हो । राष्ट्रपति कार्यालयले गरेको घोषणा वेवसाइटमा एक बजेर ४९ मिनेटमा पोस्ट भएको छ ।
    शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा भंग गरी मध्यावधि निर्वाचन मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको जनाए लगत्तै मन्त्रिपरिष बैठक बसेको थियो ।
    बालुवाटार र शीतल निवास रातभर जाग्राम रहेर भए पनि ओलीको २०७७ पुस ५ को चाहना पूरा गर्ने काम भएको छ । हस्ताक्षर र सांसद त्यही उपस्थित हुँदा पनि अनेकन वहाना झिकेर दुवैलाई प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय लिएर ओलीको कदमलाई साथ दिएको छ ।

    राष्ट्रपतिको निर्णयलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‍को बैठक राखेर प्रतिनिधि सभा विघटन गर्ने र मध्यावधि चुनावको मिति तोक्ने काम गर्नु भएको थियो ।



    Avatar निगरानी संवाददाता    
  • २०७८ जेष्ठ ८, शनिबार ०२:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP