नुवाकोट / नुवाकोटको बट्टार बजारस्थित सन्जिवनी हस्पिटल आगाडि बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसको ठक्करबाट बालकको मृत्यु भएको हाे । बसले ७ वर्षीय बालकलाई बुधबार दिउँसो ठक्कर दिएको थियाे । बस तीब्र गतिमा भएको कारणले दुर्घटना भएको प्रहरीको भनाइ रहेकाे छ ।
बालकको मृत्यु भएपछि स्थानीयले बस तोडफोड गरेका छन् । मृतक बालक तारकेश्वर गाउँपालिका–५ भन्ज्याङथोकको रहेको बताइएको छ । बालकको मृत्युपछि बट्टार बजारको स्थिति तनावग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेको छ ।
प्रतिक्रिया