logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • ७४ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा सन्तान

    • निगरानी
    • २०७६ आश्विन १७, शुक्रबार १०:३७ गते
    ७४ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा सन्तान

    एजेन्सी। भारतको आन्ध्र प्रदेशस्थित गुंटुर शहरमा एक ७४ वर्षीया महिलाले जुम्ल्याहा सन्तान जन्माएकी छन्।येरामती मंगायम्मा नाम गरेकी ती महिलाले बिहीबार विहान गुंटुर शहरको अहल्या नर्सिङ होममा इन व्रिटो फर्टिलाइजेशन आईवीएफ माध्यमबाट जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन्।

    ७४ वर्षको उमेरमा सन्तान पाएपछि येरामती मंगायम्मा नै सबै भन्दा बढी उमेरमा सन्तान जम्माउने महिला बनेको बताइएको छ। उनका पति राजा राव हुन्। उनीहरु विवाह भएको ५७ वर्षसम्म सन्तान विहीन थिए।

    यसअघि ७० वर्षीया दलजिंदर कौरलाई सन्तान जन्माउने विश्वकै सबैभन्दा बढी उमेरकी महिला मानिएको थियो। हरियाणाकी उनले २०१६ सालमा आईवीएफ को माध्यमबाट एक बच्चालाई जन्म दिएकी थिइन्।



    निगरानी    
  • २०७६ आश्विन १७, शुक्रबार १०:३७ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP