महिला हुन् कि बच्चा जन्माउने मेसिन ? २१ सन्तान जन्माइसकेकी महिला फेरि गर्भवती

काठमाडौं। सुपरममको रुपमा चर्चित एक महिला फेरि गर्भवती भएकी छिन् । अब उनले जन्माउने बच्चा २२ औं हुनेछ । उनले यसअघि नै २१ सन्तानलाई जन्म दिइसकेकी छिन् । ४४ वर्षकी यी महिला बेलायतकी हुन् । डेलिमेलको रिपोर्टअनुसार सु रेसफोर्ड र उनका पति ४८ वर्षका नोएलको परिवारलाई बेलायतको सबैभन्दा ठूलो परिवार मानिन्छ ।

एक युट्युब भिडियोमा महिलाले अल्ट्रासाउण्ड रिपोर्ट देखाउँदै आफू गर्भवती भएको घोषणा गरिन् । रेडफोर्डको परिवार बेलायतको मोरेक्याम्बेमा बस्छन् । पछिल्लो समय सुले २०१८ मा २१ औं सन्तान जन्माएकी थिइन् । सुले बताएअनुसार अहिले उनी १५ महिनाकी गर्भवती छिन् र उनलाई यसबाटक आफूले छोरा जन्माउँछु भन्ने लागेको छ ।

सुका अनुसार यदि यसपटक छोरा जन्मिएका उनको परिवारमा ११ छोरा र ११ छोरी हुनेछन् । यो परिवारको खर्च पारिवारिक बेकरीको व्यवसायले धानेको छ । १० कोठे घरमा सबै बस्छन् । ९ औं बच्चा जन्मिएपछि नोएलले स्थायी बन्ध्याकरण गरेका थिए तर पछि थप बच्चाको चाहना भएपछि उनले फेरि अपरेशन गराएर बच्चा जन्माउन सक्षम बनेका थिए ।

गत वर्ष नोभेम्बरमा सुले एउटी छोरी जन्माएकी थिइन् । सबैभन्दा ठूला २ सन्तान क्रिस र सोफी परिवारबाट अलग्गै बस्न थालेका छन् । बाँकी सबै सन्तान भने त्यही घरमै बस्छन् । सु र नोएल हजुरबुवा हजुरआमा पनि बनिसकेका छन् । सोफी तीन सन्तानकी आमा हुन् ।