logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • पाकिस्तानमा बस दुर्घटना २६ को मृत्यु, १२ घाइते

    पाकिस्तानमा बस दुर्घटना २६ को मृत्यु, १२ घाइते

    पाकिस्तान। पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ।आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय प्रहरीले जनाएको छ।

    मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिए।स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेका बेला बस दुर्घटना भएको हो । घाइतेमध्ये अधिकांश गिल्गिट बल्तिस्तानका रहेका छन्।

    घटनाका बारेमा अनुसन्धान प्रक्रिया सुरु भइसकेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ। रासस-एएनआई



    निगरानी    
  • २०७६ आश्विन ५, आईतवार ०७:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP