logo
  • २०८३ बैशाख ५, शनिबार | Sat, 18 Apr 2026
  • यौ’न व्यवसाय गर्दा पक्राउ परेकी किशोरीको बयान : छाडिदिनुस् मेरो दुईदिनपछि विवाह छ

    • निगरानी
    • २०७६ कार्तिक २, शनिबार ०९:४६ गते
    यौ’न व्यवसाय गर्दा पक्राउ परेकी किशोरीको बयान : छाडिदिनुस् मेरो दुईदिनपछि विवाह छ

    नेपाल सीमावर्ती भारतको उत्तर प्रदेशमा पर्ने देवरियामा भारतीय प्रहरीले तीन होटेलमा छापा मारेर ठुलो देह व्यापारको सञ्जाल फेला पारेको छ। छापा मारेर २९ जोडी गिरफ्तार गरिएको छ।

    पक्राउ परेका ५ महिला र ९ पुरुषलाई प्रहरीले अनैतिक देहव्यापारमा लागेको आरोपमा मुद्दा चलाएको छ। प्रहरीले देह व्यापारका लागि होटेलमा मोल मोलाई हुने गरेको जानकारी प्राप्त गरेपछि लामो योजनामा २९ जोडी पक्राउ गर्न सफल भएको जनाएको छ। स्थानीयले लामो समयदेखि होटेलमा देह व्यापार हुने गरेको प्रहरीमा उजुरी दिएका थिए।

    पक्राउ परेका किशोर किशोरीसँग प्रहरीले बयान लिएपछि नयाँ तथ्य फेला पर्‍यो। एक किशोरीले प्रहरीलाई आफ्नो दुई दिनपछि विवाह भएकाले छाडिदिन आग्रह गरिन्। उनका बारेमा प्रहरीले आफ्नो सञ्जालबाट बुझ्दा साँच्चीकै विवाह हुने कुरा पत्ता लाग्यो।

    प्रहरीले होटेलको रजिस्ट्रार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। पक्राउ परेका बारे अनुसन्धान भइरहेको उत्तर प्रदेश पुलिसले जनाएको छ। एजेन्सी



    निगरानी    
  • २०७६ कार्तिक २, शनिबार ०९:४६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP