logo
  • २०८२ बैशाख ५ | Fri, 18 Apr 2025
  • र्‍याप हान्नेलाई भन्दा पनि पहिला रे,प गर्नीलाई जे,ल हाल न सरकार…भुमिका गिरी

    र्‍याप हान्नेलाई भन्दा पनि पहिला रे,प गर्नीलाई जे,ल हाल न सरकार…भुमिका गिरी

    भिटेन नामले परिचित चर्चित र्‍यापर समीर लामा पक्राउ परे सँगै यतिबेला सामाजिक सञ्जालमा चौतर्फी चर्चा चलिरहेको छ ।

    सकारात्मक, नकारात्मक टिप्पणी भरिभराउ सामाजिक सञ्जालमा सेलिब्रेटीहरुले पनि आफ्नो धारणा स्टाटस् मार्फत व्यक्त गरिरहेका छन् ।

    त्यस्तै’ चर्चित लोक तथा दोहोरी गायिका भुमिका गिरीले फेसबुकमा रे,प गर्ने जे,ल हाल्न अनुरोध गरेका छन् ।

    पढ्नुहोस् गायिका भुमिका गिरीको स्टाटस् :

    र्‍याप हान्नेलाई भन्दा पनि पहिला रे,प गर्नीलाई जे,ल हाल न सरकार…

    भिटेन नामले चर्चित र्यापर समिर घिसिङले ‘यस्तै त हो नि ब्रो’ बोलको गीत युट्यूवबाट हटाएका छन् । उनले प्रहरीको आदेशमा यो गीत युट्यूवबाट हटाएका हुन् ।

    तर, गीत हटाए पनि उनी छुटेका भने छैनन् । प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थपका लागि उनलाई महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

    बिहीबार उनलाई ललितपुर जाउलाखेलबाट यसै गीतमा भएका शब्दहरु र फेसबुकमा प्रहरीको बर्दीमा रहेको तस्वीर राखेको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो ।

    प्रहरीले दुई दिनअघिमात्र ‘ह्याप्पी तिहार’ बोलको गितका कारण गायक तथा मोडल दुर्गेश थापालाई नियन्त्रणमा लिएको थियो ।

    महाशाखाको टोलीले अब उप्रान्त समाजमा अपाच्य गीत नगाउने कागजी सम्झौतासहित थापालाई छाडेको थियो।



    निगरानी    
  • २०७६ कार्तिक ७, बिहीबार १९:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP