सफल युवाकाे डायरी

सफल युवाकाे डायरी

इलाम शरिरले खासै भर गर्दैन । जिव्रो ठिक ठाउमा लाग्दैन । उनी कहिलै फर्सदमा भेटीदैन । कुरा लाप्साङ सेर्पाको हो । बाल्यकाल अरुकै भरमा वित्यो । उनले सुनाए “सात बर्ष सम्म त मासुको थुप्रो मात्रै थिए, कुनै अंगले काम गर्दैन थियो ।”
बोल्न नसक्ने, एक ठाउँबाट अर्को ठाउ सर्न नसक्ने, दिसा पिसाव अरुले नै गराउनु पर्ने उनलाई आफन्तहरु “साँपे” (उमेर पुग्दा पनि साँप झै घिस्रने)भनेर सराप्थे ।
अहिले उनको उद्यम लोभलाग्दो छ । भर्खरै मात्रै उनको सेवा र सकृयताका लागि राष्ट्रिय नागरिक सेवा सम्मान समेत पाएका उनले भने “कर्मकै फल रहेछ जीन्दगी ।”


कान राम्ररी सुन्ने उनको स्मरण क्षमता पनि राम्रो थियो । आफन्तहरु आएर परिवारका सदस्यहरुलाई के पाप गरेर साँपे छोरो जन्माई भन्दा उनको मनमा सुली जाकिए जस्तो लाग्थ्यो ।
उनले आफ्नै प्रयासमा शारिरीक कमजोरीलाई जित्ने प्रयास गरिरहे । उनले सुनाए “सात बर्षको भएपछि उनले खुट्टा टेक्न थाले ।” साविक प्याङ ८ हालको माइजोगमाई ६ को विकट गाउँमा २०४५ सालमा जन्मेका शेर्पाको घरमा दैनिक छाकटार्न समेत कठिन थियो । बाबु छिरिङ शेर्पा र आमा लाक्पा डोमा शेर्पाले मेलापात गरेर नै उनी सहित आठ जनाको परिवारको प्राण बचाउँदै थिए । लाप्साङ गरिब परिकारका लागि झनै बोझ जस्ता बनेका थिए ।
उनी पाँच बर्षको हुँदा परिवारले उपचारको प्रयास पनि गर्यो । बाबु सेर्पा र छिमेकी रुद्र नेपालले १२ घण्टा बोकेर मानेभञ्याङ पुर्याएको शेर्पाको सम्झनामा छ । उनले सुनाए “त्यसपछि दार्जलिङ लगेर उपचार गरीयो, डाक्टरले रोग पत्ता लगाएन ।” डाक्टरले दिएको औषधी एक बर्ष सम्म खादा पनि समस्या समाधान भएन । उनी जन्मेको १८ महिनामा भाई जन्मिए पछि उनको रेखदेख पनि पालतीदै गएको थियो । लाप्साङ अझै उज्यालोको पर्खाइमा थिए । उनले सुनाए “दार्जिलिङको उपचारले काम नगरेपछि सबैले माया मारेका थिए, एक विहान भारत तिरकै गुरुङ अवतारी आएर आशा थपीदिए ।” अवतारीले सात बर्षमा खुट्टा टेक्छ, उपचार नगर्नु, मन्दीर र गुम्बा डुलाउनु भनेपछि उनका बाबुले त्यसै गरे । भन्दै थिए “काठमाण्डौ लगेर बाबाले सबै मन्दिर र गुम्बा ढोगाउनु भयो ।” १८ दिन बोकेर काठमाण्डाको यात्रा गराएपछि आत्मावल थपेर शर्पा घर फकिए । तर, जिउले काम गरेन । उनले प्रयास गरिरहे । उनले सुनाए “सात बर्षको पुग्नासाथ पहिलो पाइला चाले ।”
शरिर थामीन थालेपछि उनको दिनचरीया फेरीयो । तीन कक्षामा पढ्ने कान्छि दिदी पेमा लमु सेर्पाको पुस्तकको चित्रहरु हेरेर दिन काट्न थाले । पेमा लमुले गरेको गृहकार्य हेरेर घरमै क ख सिक्न थाले ।
चुहिने घर थियो । आमाले पानी पर्दा खुसको घरबाट चुहिएको पानी थालमा उघाएर फाल्नु हुन्थ्यो । साझ फर्कदा आफुलाई दिएको खाजा जोगाए लाप्साङको भोक मार्नुहुन्थ्यो । दिनभरी अगेनाको खरानी र माटोमा दलिएर उनका दिनहरु विते । उनले विगत सम्झीए “सारै दुखद् थिए ति दिनहरु ।”
नौ बर्षको उमेर भएपछि शेर्पालाई घरमा रुग्ने कोहि भएन । उनले घरबाट नजिकैको निजी विद्यालयमा नर्सरीमा भर्नाहुने अवसर पाए । परिवारका सदस्यले बोकेर लाने ल्याउने गर्ने र दिनभर विद्यालयमा बस्ने दिनचर्या शुरुभयो । ६ महिनामै नर्सरी सकेर यु केजीमा फड्का मारे । नजिकको विद्यालयमा एल केजी सकेपछि उनलाई हिमालय प्राथामिक विद्यालयले सिधै कक्षा ४ मा भर्ना लियो । उनी ११ बर्षका भएका थिए । परिवारले बोकेर बिद्यालय ल्याउन लाने गर्दथे । “सुधार हुदै गएपछि परिवारमा पनि आश हुँदो रहेछ ।”उनले सुनाए । परिवारले उनलाई आधा घण्टा उकालो बोकेर सरकारी विद्यालय पढाउन थाले । कक्षा ५ सम्म हिमालयमा विताएपछि उनले विद्यालय फेर्नुपर्यो । उनी घरभन्दा आधा घण्टा तलको प्याङ माध्यमिक विद्यालय जान थाले । उमेर १४ बर्ष पुगेको थियो । बोकेर विद्यालय लाने अवस्था थिएन । उनले सुनाए “हरेकदिन लड्दै स्कुल पुग्थे ।” उनलाई देख्दा साथीहरु गिज्याउन थाल्थे । कतिले हातपात गर्दथे । उनी चुपचाप सहन्थे । प्याङ माविको ढोकामा पुग्दा साथीहरुको व्यवहारले हरेक दिन हिनता थप्ने गरेको थियो । तर, उनले कुनैदिन असफलता हात पार्नु परेन । सुनाए “फेलको अनुभव चाहि गर्नु परेन ।”
आफन्त र दौतरीहरुको व्यवहार देखेर आमा हरेक दिन रोएको देख्दा उनको मन कुडिन्थ्यो । सम्झन्छन् “साथीहरुले जिस्क्याउदा आमालाई सबैभन्दा पिर हुन्थ्यो, हरेकदिन रुनुहुन्थ्यो ।” उनीसंग आमालाई शान्त पार्ने कुनै बस्तु थिएन । तर केहि गर्ने विश्वास र शाहस भने कायम राखेर पढिरहे । शेर्पाले २०६२ सालमा एसएससी पासगरे ।
त्यसपछिको पढाई रोकीने अवस्थामा थियो । परिवारले पनि उनको कुरा सुनिरहेको थिएन । अलैची खेती फस्टाएकाले परिवारको अवस्था पनि सप्रिएको थियो । उनी भागेर इलाम सदरमुकाम आउन थाले । अरुलाई हिडेर ४ घण्टा लाग्ने ठाउँमा उनी ६ घण्टा लगाएर इलाम आउथे । उनले धेरै पटक इलाम–प्याङ को यात्रा गरे । यसले उनको शरिरलाई थप दह्रो बनाएको अनुभव छ ।
पछि परिवारले उनलाई सदरमुकामको इलाम उच्च माध्यमिक विद्यालयमा भर्ना गर्यो । कमर्स विषय लिएर बढ्न शुरु गरे । सदरमुकाममा एउटै कक्षाका विद्यार्थीले पनि चर्को विभेद गर्दथे । एक्लै कोठा लिएर बसेका थिए । कसैलेसंगै बस्न मान्दैन थियो । उनले कम्प्युटर सिक्ने चाहना गरे । उसबेला उनी कम्प्युट शिक्षक गोविन्द पुलामी, सिव थापाको संगतमा पुगे । सिवले उनलाई भरोसानै दिए । कम्प्युटरमा दक्षता हासिल गर्दैगए । शिवले सुनाए “उनमा सिक्ने मात्रै हैन केहि गर्ने पनि सपना थियो ।”
हातमा सिप भएपनि उनीले काम गर्ने अवसर पाएका थिएनन् । ६ बर्ष अघि इलाम अस्पतालले सदरमुकाममा सटर भाडाको सूचना निकाल्यो । उनीसंग योजना थियो तर पैसा थिएन । विविएस सम्मको अध्यान सकेका उनलाई कसरी व्यपार गर्ने भन्ने पनि योजना थियो । सटर भाडाको लागि आवेदन गरे । उनले नै सटर पाए । परिवारले उनलाई चाहिने ३ लाख दिन अस्विकार गर्यो । अंशबाट काटीने गरी बाबाुबाट तीनलाख लिए । अरु दुईलाख खोजेर ६ वटा कम्प्युटरबाट सेर्पा साईवर सञ्चालन गरे । उनले पसलले भाडा मात्रै तिर्ला भन्ने सोचेका दिए । शुरुकै महिना देखि ६० हजारको कारोबार हुन थाल्यो । उनको जीवनमा “युर्टन” शुरु भयो । उनलाई साथदिन कर्मचारीका रुपमा आइपुगे सञ्जीव राई । उनको व्यवसायमा उनले काधनै हाले । उनको मासिक कमाई ३० हजार नाग्यो । उनले साईवर उपयोग गर्नेलाई मेसिनबाट चिया बनाएर विक्रीगर्न थाले । त्यो उनको अतिरित्त कमाइ भयो ।
“आफैलै चिया खादा समेत पोख्ने म जस्तो मान्छेले चिया बेच्न सम्भब थिएन, तर सम्भव बनाए ।” शेर्पाले आम्दानीकाट सामाग्री जोड्न शुरु गरे । साईवरसंगै मोवाईलका चार्जर विक्रीगर्न शुरु गरेका उनको पसलमा कम्प्युटर खोज्न आउन थाले । उनले साईबर बन्द गरेर कम्प्युटर, मोवाईल, ल्याप्टपको नयाँ विक्री र मर्मतको काममा ध्यान दिए । उनको पसलमा अहिले एक करोडको सम्पती छ ।
बौद्धधर्ममा आस्था राख्ने उनको नाम पछिल्लो समय दानी व्यवसायीको रुपमा समेत आउने गरेको छ । हालैमात्र पर्यटकीय क्षेत्र भालुढुंगालाई आठ फुटको बुद्धको मुर्ती निर्माणका लागि एक लाख ५० हजार सहयोग गरेका छन् । आफु जस्तै बौदीक अपाङ विद्यार्थीहरुलाई बुद्ध जयन्तीमा लत्ता कपडा वितरण गरेर उनीहरुको दुखमा साथी बन्ने प्रयास गरेका छन् ।
“आफ्नु दुःख भुल्न पनि आफुजस्तै जीवन भोेगिरहेकालाई सहयोग गर्नुपर्ने रहेछ ।” शेर्पाले सुनाए । उनको जिव्रो अहिले पनि राम्ररी लाग्दैन, सरिर थाम्न हम्मेहम्मे पर्छ तर पनि विहान विहान ७ बजे देखि बाह्र घण्टा काममै व्यस्त हुने उनले भने “गर्दा नहुने केहि रहेन छ ।”
माध्यमिक तह सम्मसगै पढेका उनका बाल्यकालका साथी दिनेश काफ्लेले पनि लाप्साङले गरिखालान् भन्ने सोचेका थिएनन् । उनले भने “अहिले पत्याउनै नसक्ने प्रगति गरेको छ ।” लाप्साङ लड्दा निदेशकले भरोसा गर्दथे । दिनेशले सुनाए “साथीहरुले हेप्थे, शिक्षकहरुले पनि थर्काउथे तर उसको आत्मबल कहिलै घटेन ।”
लाप्साङलाई हिमालय प्रावि प्याङमा प्राथामिक शिक्षा दिएका शिक्षक खड्ग राई दृढ इच्छा शक्तिले लाप्साङलाई अहिलेको प्रगतिको बाटोमा पुर्याएको बताए । शिक्षक राईले सम्झिए ”फुटबल हान्न खोज्दा गोलीमा पुग्न नसकेर लड्थे, धेरैपटक प्रयास गरेर एक पटक बल्ला हान्न सफल हुन्थे ।” अहिले भने लाप्साङको प्रयास गरिरहने बानिलेनै सफलता हात परेको ठान्छन् उनका सहपाटी र शिक्षकहरु ।