logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • यस्तो बेला यसरी सोचौ

    • Avatar विचार
    • २०७७ जेष्ठ १०, शनिबार १५:५३
    यस्तो बेला यसरी सोचौ

    सुप्रिया श्रेष्ठ

    हेर्दा हेर्दै थाहै नपाई केही समयको लागि भनेर आफ्नो देश छोडेको एक वर्ष हुन लागेछ । हुन त एक वर्ष लामो समय हो केही गर्छु भन्नेहरुको लागि । टाइम फ्लाइज भन्नेहरुको लागि एक वर्ष ३६५ दिन मात्र हो । मेरो लागि सुखद र सर्घषको पलको दस्तावेज हो ‘एक वर्ष’ ।
    तपाईको लागि ‘विदेश’ के हो ? भन्ने प्रश्नको उत्तर म मेरो देशमा हुँदा रमाईलो र पैसासँग मात्र पो जोड्थे होला । तर, मेहनत र मेहनत पछिको अप्रत्यासित खुशी चाही ‘विदेश’ रहेछ । विदेशले हामीलाई प्रत्येक एक सेकेण्डको महत्व के हो ? जीवनको पाठ सिकाउने रहेछ । पर्सिको पर्खाइमा हिजो, आज र भोलि यसै नास पार्छौ हामी । तर, यही समयलाई सहि सदुप्रयोेग गरेमा हामीले पर्खेको खुशी आज नै पाउन सक्ने रहेछौ । सिक्नको लागि हामीसँग जिवित मात्र होइन निर्जिव वस्तुहरु छन । अग्रज मात्र होइन , कलिलाहरु प्नि छन । उज्यालोको मात्र हैन अध्यारो पनि उपयोग गरेमा जीवन उज्यालो हुन्छ । अथक परिश्रम नै जीवनको उदेश्य हो ।
    यतिबेला जीवन एकदमै संर्घषपुर्ण छ । विश्वव्यापी रुपमा फैलिएको संक्रमणले जीवन छत्ताछुल्ल छ । के विदेश के स्वदेश एउटै संक्रमण एउटै लक्षण र एउटै उदेश्यले हामी एक भएका छौ । मानिसलाई मानिसबाट टाढा लंैजाने कोभिड १९ ले ‘भर्चुअल्ली’ हामीलाई अझ नजिक ल्याएको छ । हामी अझ संवेदनशील भएका छौ । यस्तो समय घरि घरि हामीले पक्कै पनि पाउने छैनौ । जुन समयमा हामी आफुलार्ई र आफ्नोे परिवारलाई यसरी समय दिन सक्छौ । यहि समयको सदुप्रयोग गर्नको लागि हामीले कितावहरु पढ्न सक्छौ , नयाँ कुरा सिक्न सक्छौ , ध्यान योगामा समय विताउन सक्छौ । श्री रविशंकरले हामीलाई यहि सुझाब दिनुहुन्छ । समय खेर फाल्नकै लागि हामीसँग जति विकल्पहरु छन । त्यति नै र त्यो भन्दा बढी विकल्पहरु अवश्य छन । जसलाई अझ हामी दैनिक जीवनमा उर्तान सक्छौ । सबै कुरा दुई पाटा मिलेर बनेको हुन्छ । जस्तैः दुई हात मिलेर ताली पड्किने कुरा, दिन र रातको कुरा , रथ दुई पाङग्राले चल्ने कुरा । हो, यसरी नै सकारात्मकता र नकारात्मकता जीवनको दुई पाटाहरु हुन । एक विना अर्कोको अस्तित्व जान्न नै सकिन्न र यसो भन्दै गर्दा म नकारात्मक कुरालाई सहि सोचले बदल्नको लागि पनि प्रोत्साहन गर्न चाहान्छु । पक्कै पनि अहिलेको अवस्थामा हामी स्वास्थ्य प्रति चिन्तित छौ । हाम्रो दैनिकी त्यसरी चलिरहेको छैन जसरी हामी चाहान्छौ ।
    तर, हेर्नुस त । धुलो र धुवाँले भरीने काठमाण्डौले अहिले गज्जबको सास फेरेको छ । सडकको छेउ छाउ ढकमक्कै फुलिरहेका फुलहरु , सफा सडक र स्वच्छ हावाले काठमाण्डौलाई सेनिटाइज गरेको छ । भलै हामी माक्स भित्र र घरभित्र गुम्सिएका किन नहोउ , काठमाण्डौले सास फेरेको छ । हो त्यहाँका रुखहरु जुन धुलोले अस्तित्वविहिन हुन्थे , सडक जसले आफ्नो मुहार मानिसको जुत्ताको डोबहरुले सधै छुपाउनु प¥थ्यो र वातावरण जसलाई शुन्यता के हो पत्तो पनि थिएन । यो सब अहिले सम्भव भएको छ । कसैले कहिले सोचेको थियो होला त आजको अवस्था ? त्यसैले त असम्भव भन्ने केही पनि हुन्न ।
    जति बेला संसारका केहि देशहरु कोरोना भाइरसको नामले नै संशकित थिए । त्यो बेला मेरो देशले आफुमा सजकता यति धेरै अपनाएर बस्यो कि संसार चकित भयो । अनि केही लेखनका पोख्ता भनिनेहरुले लेखे पनि । नेपाल यो कारण त्यो कारणले सुरक्षित छ । हामी ढुक्क भयौ । पछि त दिन प्रतिदिन समाचारहरु थपिदै गए , संक्रमित बढ्दै गए । एक , चार , दश गर्दै यो लेख तयार गर्दासम्म ४८७ संक्रमित भए ३ जनाले ज्यान गुमाए । एक अर्र्कासँग दुरी कायम गर्दा हामी र मृत्यु बीचको दुरी बढ्छ भने , रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बनाउन खान पर्ने र गर्न पर्ने कुरा दैनिक कार्यहरु गर्दा आफु सुरक्षित भइन्छ भने किन हामी चुकीरहेका छौ ? अरुको खुट्टा तान्न , कुरा काट्न र अरुलाई बदनाम गर्न आफ्नो सतप्रतिशत दिन पनि पछि नपर्र्ने हामी हाम्रो आफ्नै लागि केही गरीरहेका छौ कि छैनौ ?
    गर्नेहरुले हदैसम्म गरिरहेका रहेछन , प्रधानमन्त्री ज्युले पत्रिकामा समाचार पढेपछि देशको जग्गा छिमेकी राष्ट्रले विस्तार गर्न लागेको थाहा पाएछन । मैले समाचार पढेपछि जनाताले विरोध कार्यक्रम त्यही बोर्डरमा गरेको थाहा पाए । गर्वले शिर ठाडो पारे, जुन बेला एक हुल जनताले विस्तारबादी नीतिले खनिएको देशको जग्गामा बुलन्द आवाजले एकै स्वरमा गाए — सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली ।
    यहाँ आएपछि झन मलाई नेपाली हुनुमा गर्व लाग्छ । यहाँको हरेका गल्लीमा , सपिङ महलमा , मन्दिरमा एक न एक नेपाली भेटिन्छन नै । त्यतिबेला नेपाली बोलेको सुन्दा आफु नेपालमा नै छु जस्तो लाग्छ । नेपाली खाना , नेपाली लवज अनि नेपाली संस्कार । सब छ यहाँ । छैन त केवल देशको माटोको बासना ।
    अहिले अलि फुर्सदिलो समय छ । फुर्सदिलो भन्दा पनि समय सहज भन्न रुचाए मैले , किनकि अचेल बिहान यसरी सुरु हुन्छ कि योग साधनाका अग्रजहरु घरमै आउनुहुन्छ , साथी भाई सब कोठामै आउछन । कहि जान पर्दैन । सबैसँग पहिला भन्दा अझ बढि भेट हुन्छ । ज्ञानका दुई शब्द सुन्नलाई समय छुट्याउन पाएको छु । दिउँसो टाइम अनुसार लेक्चरहरु आउछन , पढाउछन , अनि जान्छन । मैले कहिले सोचेको सम्म थिइन यति कठिन समयलाई पनि अनलाईन प्रविधीले यति सहज र सुलभ बनाउछ भनेर । सकारात्मक सोच्दा के चै जान्छ र ? बरु उल्टो सोच्दा आफ्नै टाउको दुख्छ । समय र स्वास्थ्य खेर जान्छ।
    आजकल समाचारले पनि समय लिने गरेको छ । कुन देशमा कति जना संक्रमित बढ्यो कोरोनाको तहल्का के छ सुन्दा सम्भावना जागेर आउछ । त्यसैले यहिबाट म आग्रह गर्छु आफ्नो स्वास्थ्य भन्दा ठुलो अरु केही छैन र आफ्नो स्वास्थ्यलाई असर पार्ने कुनै कार्यमा पनि आफुलाई सरिक नगराउनु होला । मानिसलाई अघि बढाउन सहयोग गर्ने पहिलो कुरा मनोबल हो । अझ कुनै रोग लागेको बेला छ भने त झन मनोबलले औषधी जतिकै काम गर्छ । त्यसैले रोग लागोस् वा नलागोस हामी आत्माबल बलियो बनाएर बस्ने हो । कोभिड १९ ले मरेका मात्र छैनन निको भएर घर फर्केका पनि छन । हामीमा यति धेरै भय सृजना चाहि किन भएको भन्दा , एक त यो रोग नै सरुवा रोग पनि हो । मानिसबाट मानिसलाई सर्ने । अर्को चाहि हामी नकारात्मक कुरालाई यति प्रोत्साहित गर्छौ कि सकारात्मक कुरा ओझेल पर्छ । यति जना भयो र यति विरामी भयो भन्ने कुरालार्ई भन्दा यति जना संक्रमितको पुन परीक्षण गर्दा नेगेटिभ टेष्ट रिर्पोट आयो भन्ने कुरा सुन्दा डराएका छौ भने पनि निको हुने रोग हो , मर्न चाहि मरिन्न है भन्ने कुरा सोचिन्छ , हिम्मत बढ्छ ।
    मैले यतिका दिनमा महसुस गरेको अर्को अर्को कुरा कोभिड १९ ले हामीलार्ई एउटा पाठ सिकायो । हामी अहिलेको बारेमा मात्र सोच्छौ हालको आवश्यकता पुरा भयो भन्दैमा भोलिको लागि सोच्दैनौ । हामीसँग त भोलि पनि रहेछ । जस्तःै पैसा कोभिड १९ ले अधिकांश वा त्यो भन्दा बढीको रोजगारी छैन । यतिका दिनसम्म बसी बसी खानलाई चाहिने भनेको जोहो गरेको पैसा नै हो । अर्को भनेको , सदव्यवहार र सकारात्मकता । यो दुई पनि पछिको लागि चाहिन्छ भनेर अहिले आर्जन गरेमा भोलिको दिनमा सफल जीवन जिउनलाई पिलरको काम अवश्य गर्नेछ ।
    यतिबेला बिहानको मधुरो घाम लागेको छ । जाडो महिनाको सुरुवातसँगै चिसो चिसो बतासलाई घामको न्यानोपनले अहिले अलि जितेको छ । मेरो आमा घामपट्टि आफ्नो ढाड पर्ने गरी मपट्टि फर्केर बस्नु भएको छ । अनि म चाहि ल्यापटप पट्टि आफ्नो अनुुहार फर्काएर बसेको छु । किचनबाट तरकारीको मिठो बासना आउदै छ । अनि लाउन्जको एक कुनाबाट टिभिको आवाज गुञ्जिरहेको छ । जहाँ भन्दैछ ‘बन्द भएका बिद्यालयहरु अर्को हप्ताको सोमबार देखि खोलिदैछ ।’ (श्रेष्ठ हाल अष्ट्रेलियामा छन् ।)



    Avatar विचार    
  • २०७७ जेष्ठ १०, शनिबार १५:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP