logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • इलामका दुईजना जेष्ठ नागरिकलाई पत्रकार सुसेलीको पहलमा राहत

    इलामका दुईजना जेष्ठ नागरिकलाई पत्रकार सुसेलीको पहलमा राहत

    कोरोना भाइरस संक्रमण र रोकथामको लागि जारी लकडाउनका कारण विपन्न , दैनिक रोजगारी गुमाएका सँगै बेसहारा र जेष्ट नागरिकलाई रोगले भन्दा नि भोकले मरिन्छ भन्ने चिन्ता बढ्दो छ । यस्तै अवस्था इलाम नगरपालिका ६ का जेष्ट नागरिक दम्पतीलाई पनि परेको छ । ७५ वर्षीय बाबुकाजी श्रेष्ठ र देवीमाया मगर श्रेष्ठ भोकै हुनेभएपछि इलामका पत्रकार सोम सुसेलीको पहलमा राहत वितरण गरिएको छ । अशक्त , खान केहि नभको र पकाउन ग्यास पनि नभएकोले सहयोग गरेको पत्रकार महासंघ प्रदेश १का उपाध्यक्ष तथा रेडियो नेपाल वाणी एफ एमका स्टेशन म्यानेजर सुसेलीले राहतको पहल गरेको बताउनु भयो । परिवारमा अन्य कोही नभएकोले श्रेष्ठ र उहाँकी श्रीमती समस्या पर्दै आउनु भएकोले सहयोग जुटाएको जनाइएको छ ।
    इलामका समाजसेवी डम्बर खड्का र इलाम बजारको कोशी ग्यास डिलरका प्रोपाइटर महादेब श्रेष्ठको सहयोगमा श्रेष्ठको परिवारलार्ई एक बोरा चामल , एउटा ग्यास सिलिन्डर र एक कार्टुन खाने तेल वितरण गरिएको जनाइएको छ । जेष्ठ नागरिकलार्ई राहत जुटाउने पहलमा ज्योति लाइफ इन्सुरेन्स इलाम शाखाका प्रबन्धक रोशन बुढाथोकीले पनि सघाउ पुर्याउनु भएको थियो ।
    लकडाउनका कारण मानिसहरु अत्यावश्यक काम बाहेक बाहिर ननिस्की घर भित्रै बसेका छन तर विपन्न असहाय नागरिक समस्यामा पर्दै आएका छन । लकडाउन चरणबद्ध रुपमा थपिदै जादा दैनिक रोजगारी गुमाएकालाई पेट पाल्ने समस्या छ । बेसहारा रोगी अशक्त अपाङगता भएका , दृष्टि विहिन , विपन्न नागरिक दिनदिनै समस्यामा पदै गएका छन ।



    निगरानी डेक्स    
  • २०७७ जेष्ठ १७, शनिबार १४:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP