logo
  • २०८१ माघ ९ | Wed, 22 Jan 2025
  • धनमाया महिला पत्रकारिता पुरस्कार खनाललाई

    धनमाया  महिला पत्रकारिता पुरस्कार   खनाललाई

    झापा , माघ २८ । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोष द्वारा प्रत्येक वर्ष प्रदान गरिँदै आएको धनमाया महिला पत्रकारिता पुरष्कार यो वर्ष राधा खनाललाई प्रदान गरिने भएको छ । लोकराज ढकालका संयोजकत्वमा रहेको छनोट समितिले पुरस्कारका लागि खनाललाई बुधबार छनोट गरेको हो ।
    खनाल अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत हुनुहुन्छ । यसअघि नै संस्थाले प्रत्येक वर्ष वितरण गर्दै आएको वर्षोत्कृष्ट कृति पुरस्कारका लागि झापाली स्रष्टा कुमार भट्टराईद्वारा लिखित ‘अस्वत्थामा’ र दीर्घ साहित्य सेवासम्मान दमकका मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय गरिसकेको थियो । तीनवटै विधाको समान २१–२१ हजार नगद पुरस्कार राशिसहित सम्मानपत्र रहेको प्रसाई साहित्य सेवाकोषका अध्यक्ष गोपीकृष्ण प्रसाईंले जानकारी दिनुभयो । पुरस्कार आगामी फागुन ८ गते संस्थाको विर्तामोडमा रहेको सभाहलमा वितरण गरिने उहाँले बताउनुभयो । 



    निगरानी संवाददाता    
  • २०७७ माघ २८, बुधबार १५:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP