मन परेको मानिस पाउन कसले पो के गर्दैन र ? मन परेको मानिस पाउन जे गर्न पनि तयार हुन्छन् आजकलका प्रेमी प्रेमीकाहरु ।उनीहरुलाई कसरी आर्कषित गर्ने भनेर सकेसम्म मेहनत गर्दछन् । तर कहिले काहि यसरी गरीएको मेहनत ब्यर्थ जाने गर्दछ । अझ आकर्षित गर्ने मामिलामा पुरुषहरु मात्र अघि छैनन् महिला पनि मनपरेको पुरुष आकर्षित गर्न अनेकौ जुक्ति लगाउछन् ।
तर आकर्षित गर्ने नाममा अपनाइएका उपायहरु कहिलेकाहिं फेल खान्छ र ति पुरुषहरु महिलाबाट तर्किने गर्दछन् । तसर्थ हामी केहि टिप्स मार्फत जानकारी दिँदैछौ, महिलाले पुरुष आर्कषित गर्न यी काम गरे पुरुषले मन पराउदैछनन् । अझ पहिलो पटक डेटमा जाँदै हुनुहुन्छ भने त यी कामहरु भुलेर पनि नगर्नुहोस् ।
१. धेरै मेकअप नगर्नुस्
आफुलाई मन परेको पुरुष आर्कषित गर्ने नाममा केहि महिला धेरै मेकअप गर्दछन् । तर अधिकाशं पुरुषलाई धेरै मेकअप गर्ने महिला फिटिक्कै मन पर्दैन । तसर्थ मन परेको कुनै पुरुष आर्कषित गर्ने चाहनामा हुनुहुन्छ भने सकेसम्म कम मात्रामा मेकअप गर्नुहोस्, गाजल, लिपस्टिक र हल्का पाउडर मात्र लगाएर डेटमा गए सबैभन्दा उत्तम हुन्छ ।
२. डेटमा पुग्न ढिला नर्गनुस्
केहि महिला, पुरुषलाई कुराउनु पर्दछ भन्ने मानसिकता राख्दछन् । यसो गर्दा भेट्न आएको पुरुष आफुभन्दा पनी भेट्न आतुर छ भनेर देखाउने मनसाय हुन्छ । तर कुनै पनि पुरुषमा पर्खने वा धैर्य गर्ने क्षमता महिलामा भन्दा कम हुन्छ । तसर्थ यदि उनिहरुले तपाईलाई पर्खनु पर्याे भने ति पुरुष अर्काे भेटका लागी राजि नहुन सक्छन् । हुनत कसैले कसैलाई पर्खाउनु राम्रो होइन ।
३. भोकै नबस्नुहोस्
फिगर मेनटेनको नाममा केहि महिलाहरु पुरुषसंगको डेटमा सकेसम्म केहि नखाने वा भोको बस्ने गर्दछन् । तर भोको बस्ने महिला पुरुषलाई खासै मन पर्दैन । अझ यसो गरेमा तपाईलाई भेट्न आएको पुरुष समेत भोको बस्न बाध्य हुन्छ । केहि सिमित पुरुष बाहेक अन्य पुरुषहरु महिलाको फिगरमा भन्दा उनको सोच र ब्यवहारले प्रभावित हुने गर्दछन् ।
४. छोटा पहिरन नलगाउनुस्
छोटो पहिरन महिलाको आफ्नो स्वतन्त्रताको बिषय हो । तर कोहि पनि पुरुष आफ्नो प्रेमिकालाई छोटो पहिरनमा भेट्न चाहादैनन् । क्षणिक अवधिका लागी शरिरको भोको रहेका पुरुषले तपाईलाई छोटो पहिरनमा भेटे वा राम्रो देखिएको भने पनि कालन्तरमा उनिहरुले यहि बिषयले तपाईलाई छाड्न सक्छन् । तसर्थ सुन्दर देखिने नाममा छोटो पहिरन लगाएर जानु मुर्खता साबित हुनेछ ।
५. बनावटी कुरा नगर्नुहोस्
अरुको नक्कल गर्ने तथा बनावटि कुरा गर्ने महिला पुरुषहरुलाई मन पर्दैन । उनीहरु सिम्पल, साधारण तथा नम्र बोली ब्यवहारलाई मन पराउँछन् । त्यसैले तपाईं आफु जस्तो हुनुहुन्छ त्यस्तै रहनुहोला । तर पुरुषलाई आकर्षित गर्ने नाममा आफ्नो दुःख, वेदना सुनाई हाल्नु हुँदैन । यसले तपाई प्रती दया जगाउन सक्छ माया होइन ।
प्रतिक्रिया