logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • सूर्योदय नगरपालिकाको दुई वडा वालमैत्री र बालश्रम मुक्त वडा घोषणा

    सूर्योदय नगरपालिकाको दुई वडा वालमैत्री र बालश्रम मुक्त वडा घोषणा

    इलामको सूर्योदय नगरपालिकाले दुई वटा वडालाई वालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त वडा घोषणा गरेको छ । सूर्योदय नगरपालिकाको नौ र दश नम्बर वडालाई वाल मैत्री घोषणा गरेको हो । सूर्योदय नगर, पर्यटकीय सहर वालमैत्री बनाउने नगरवासीको रहर भन्ने नाराका साथ बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त वडा घोषण गरेको हो । सूर्योदय नगरपालिकाले अव छिट्टै सिङ्गो नगरपालिकालाई वालमैत्री घोषणा गर्ने तयारीमा रहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो । नगरपालिकाले वालमैत्री वडा घोषणा कार्यक्रममा जनप्रतिनिधि उपस्थित नहुनु दुखद रहेको भन्दै कार्यक्रममै उपस्थित नहुनु गैर जिम्मेवार रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य टिकाराम सुब्बाले यस नगरपालिकाले ऐतिहासिक काम गरेको भन्दै यसको कार्यान्वयनमा सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो । सूर्योदय नगरपालिकाले वडा कार्यालयलाई वालमैत्री घोषण गर्दे गर्दा बालबालिकाको अधिकार सकारात्मक भएको सूर्योदय नगरपालिका वडा नं १० का वडाध्यक्ष पेवा उगन लामाले बताउनुभयो । वालमैत्री घोषणा गर्नु सूर्योदय नगरपालिकाले ठुलो उपलब्धि हासिल गरेको लामाको भनाई छ । फिक्कल माध्यमिक विद्यालयका प्रधानाध्यापक गङ्गा बहादुर महतले वालमैत्री घोषणा मात्र महत्त्वपूर्ण नहुने भन्दै यसको कार्यान्वयन महत्त्वपूर्ण रहने बताउनुभयो । प्रदेश नं. एकका वालपरिषद अध्यक्ष सुमन अधिकारीले वालमैत्री वडा घोषण गर्नेमा सूर्योदय नगरपालिकाले उदाहरणीय काम गरेको बताउनुभयो । अधिकार सुनिश्चित भए पनि बालबालिका सुरक्षित नभएको भन्दै मैत्री पूर्ण घोषणाले मात्र नहुने भन्दै कार्यान्वयन यसको चुनौतीको पाटो रहेको बताउनुभयो । विद्यालय  सुरक्षित छ, पढ्न पाउने कुरा सुरक्षित छ तर विद्यालय देखि बाहिर निस्कन साथ सुरक्षित नभएको हुँदा यो मुख्य चुनौती वनेको उहाँको भनाई छ । 



    Avatar निगरानी संवाददाता    
  • २०७८ चैत्र १५, मंगलवार १७:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP