logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • ५७ जनप्रतिनिधिले एमाले छोडे

    ५७ जनप्रतिनिधिले एमाले छोडे


    इलामः इलामको सूर्योदय नगरपालिका र माइजोगमाई गाउँ पालिकाका प्रमुख सहित ५७ जना जनप्रतिनिधि सोमबार नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । लामो समय नेकपा एमालेमा विताएका कम्युनिष्ट कार्यकर्ताहरुल एकैसाथ एकीकृत समाजवादी रोजेका हुन् ।
    सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईसहित ९ जना वडा अध्यक्ष, ४ जना कार्यापालिका सदस्य र २९ जना वडा सदस्यले सोमबार निर्वाचन कार्यालय इलामको कार्यालयल पुगेर एकीकृत समाजवादी पार्टीमा सनाखत गराएका हुन् । उपप्रमुख दुर्गा देवि भट्टराइ, वडा न ३ का वडाअध्यक्ष होम बहादुर कार्की र केही वडा सदस्य भने एमालेमै रहेका छन् ।
    माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राई र जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराईली र जिल्ला समन्वय समिति सदस्य पूर्णबहादुर बस्नेत सहित ५६ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन् । इलामनगरपालिकाल देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिकाका एक एक जना वडा सदस्यले पनी नयाँ पार्टी रोजेका छन् । पार्टी विभाजन भएपछि नयाँ पार्टीमा जान चाहाने स्थानीय तहका जनप्रतिनिधिले भदौ २२ गते मंगलबारसम्म जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्नुपर्ने हुन्छ ।



    निगरानी    
  • २०७८ भाद्र २१, सोमबार १३:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP