इलाम। राष्ट्रिय वन पैदावर व्यवसायी संघ इलामको १४ औं साधारणसभा तथा ८ औं महाधिवेशनबाट पुनः अध्यक्षमा रोहित खड्का निर्वाचित भएका छन् । समितीको बरिष्ठ उपाध्यक्षमा बुद्धकुमार राई, उपाध्यक्ष देवेन्द्र सुनुवार, प्रेम गुरुङ निर्वाचित भएका छन् ।
महासचिवमा अरुण बराल, सचिव दिनेश खनाल, र प्रकाश राई, कोषाध्यक्ष ज्ञान बहादुर खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा नेत्र बराल, राजेन्द्र निरौला कृत बहादुर लिम्बु, डाक प्रसाद भट्टराई, देउकुमार कटुवाल, चन्द्रकुमार कटुवाल, लक्ष्मी गुरुङ, श्रीप्रसाद राई, सन्तोष गिरी रहेका छन् ।
अन्य सदस्यहरुमा कमल बहादुर कार्की, सविमान राई (सुदिप) र पुकारराज राई रहेका छन् । इलामको गौतमबुद्ध सभागृह भएको अधिवेशन तथा साधारणसभामा इलाम क्षेत्र नम्बर १ का संघीय संसद महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया