logo
  • २०८१ मंसिर १९ | Wed, 04 Dec 2024
  • इलाम क्षेत्र-२ मा सुहाङ एमाले र माओवादीको साझा उम्मेदवार

    इलाम क्षेत्र-२ मा सुहाङ एमाले र माओवादीको साझा उम्मेदवार

    इलाम : इलाम क्षेत्र-२ मा सुहाङ नेम्वाङ सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्रको साझा उम्मेदवार बनेका छन्। एमाले र माओवादीको जिल्ला कमिटीले संयुक्त विज्ञप्ति जारी गर्दै सुहाङ साझा उम्मेदवार बनेको घोषणा गरेको हो।

    एमालेको जिल्ला संयोजक महेश बस्नेत र माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजय खम्बुले दुई पार्टीका अध्यक्षबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएको उल्लेख गरेका छन्। ‘उपनिर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएकाले इलाम क्षेत्र नं. २ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङ साझा उम्मेदवार भएको जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

    एमाले उपाध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि निर्वाचन आयोगले इलाम २ मा उपनिर्वाचन गर्दैछ। वैशाख १५ गते हुने उपनिर्वाचनका लागि भोलि (शनिबार) मनोनयन दर्ता गर्ने कार्यतालिका छ। एमालेसँगै प्रमुख दलहरूले यसअघि नै आफ्ना उम्मेदवार घोषणा गरिसकेका छन्।

    इलाम-२ मा एमालेका सुहाङसँगै नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, एकीकृत समाजवादीका जीतबहादुर राई र पहिचानवादीका तर्फबाट डकेन्द्रसिं थेगिमलगायतले उम्मेदवारी घोषणा गरेका छन्।



    Avatar निगरानी    
  • २०८० चैत्र २३, शुक्रबार १६:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP