logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • राजनीतक विकृती विरुद्ध उम्मेद्धारी : पाण्डे

    राजनीतक विकृती विरुद्ध उम्मेद्धारी : पाण्डे

    इलाम: इलाममा लामो समय नेपाली कांग्रेसको राजनीति गरेका विक्रम पाण्डे यति बेला चुनावी मैदानमा छन् ।
    इलाम क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका पाण्डेले आफ्नो उम्मेदवारी राजनीतिक विकृतिविरुद्ध भएको बताए । ४० वर्षसम्म नेपाली कांग्रेसको राजनीति गरेका पाण्डेले स्वतन्त्र उम्मेदवारीसहित जनतासँग मत माग्दै यस्तो बताएका हुन् ।
    उनको प्रतिस्प्रर्धा नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालसँग मात्रै भएको पाण्डेले अन्नपुर्ण पोष्ठसँगको संवादमा बताए । काग्रेससँग भएको २५ हजारभन्दा बढि मत आफुलाई आउने उनको दावी छ ।
    उनले भने, ‘मेरो उम्मेदवारी असंवैधानिक र अल्पायु चुनावी गठबन्धनका विरुद्धमा हो। हामी मुलुकमा स्थिरता चाहन्छौँ भने क्षणिक लाभकालागि अस्थायी मित्रतामा अल्मलिनु हुँदैन।’
    उनले भने, ‘आजीवनगाली गरेको पार्टीको भलो गर्दैनन् भन्ने कुरा बुझेर नागरिकहरूको प्रजातान्त्रिकमतको सम्मानहोस् भनेर म उम्मेदवार भएको हुँ ।’
    उनले भने, ‘दुर्भाग्यवश, तीनदशकदेखि हाम्रा जनप्रतिनिधि भए तर इलामले निराशा बाहेक केही पाएन ।’
    उनले पूर्वप्रधानमन्त्री झलनाथ खनालतर्फ लक्षित गर्दै भने ‘सरकारसँग यस क्षेत्रका नाममा पोलिटेक्निक इन्स्टिच्युट मागेर आफ्नै गाउँमा, आफ्नै सँग राख्ने ‘हेभी वेट’ उम्मेदवारलाई ुुभयो, तपाईँहरूजस्ता राजनीतिक अस्थिरताका नाइकेलाई अब हामीभोट दिँदैनौँ” भन्न चाहने इलाम क्षेत्र नं १ का नागरिकहरूलाई मत हाल्ने ठाउँ होस् भनेर म उम्मेदवार भएको हुँ।’
    इलामका दुई निर्वाचन क्षेत्रलाई माई खोलाले छुट्याउने गर्दछ । अहिलेसम्म ठूला दलले इलाम क्षेत्र न १ मा गत निर्वाचनमा भुपेन्द्र कट्टेललाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको बाहेक अधिकांस निर्वाचनमा इलाम क्षेत्र न २ का उम्मेदवारले टिकट पाउने गरेका छन् । पाण्डेले भने ‘खोलापारीबाट नेता ल्याएर थोपर्ने र यस क्षेत्रको राजनीतिक भविष्यलाई हेला गर्ने केन्द्रीय नेतृत्वप्रति असहमति जनाउन चाहने सबै दलका मतदाताको मतको सम्मान होस् भनेर म उम्मेदवार भएको हुँ।’
    पण्डेले सार्वजनिक गरेको १० बुँदे प्रतिवद्धतामासमेत संसद चलेका बेला सम्पूर्ण रूपमा संसदमै उपस्थित हुने र आफ्नो क्षेत्रका लागि काम र कुरालाई सँधै प्राथमिकतामा राख्ने बताए ।
    इलाम क्षेत्र १ मा सत्ता गठबन्धनका खनाल र बागी पाण्डेसहित नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत, जनता समाजवादीका कमलकुमार राई, नेपाली कांग्रेस ९बिपी०का गणेशप्रसाद पौडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितकुमार मुखिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटा, मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बू तथा स्वतन्त्र उम्मेदवारद्वय निमातेञ्जिङ शेर्पा र नेत्रप्रसाद रेग्मी उम्मेदवार छन् ।



    Avatar निगरानी    
  • २०७९ कार्तिक २४, बिहीबार ०२:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP