रोङः इलामको रोङ गाउँपालिकामा राजनीतिक दलहरुले स्थानीय पाथिभरा संरक्षण समितिलाई आवश्यक प्रकृया पुरा गरेर सस्थालाई ‘चुस्तदुरुस्त’ बनाउन आग्रह गरेका छन् ।
संरक्षण समितिका अध्यक्ष दौतल कुमार राईको निमन्त्रणामा बसेको सर्वदलिय बैठकले संस्थाको सम्पुर्ण आयव्यय विवरण, नगद, जिन्सी सम्पती साधारण सभा गरी सम्बन्धी निकायमा बुझाउन अनुरोध गरेको बैठक पछि ६ राजनीतिक दलका प्रतिनिधिले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
रोङ गाउँपालिकाले पाथीभरा मन्दिरको व्यवस्थापन गाउँपालिकाको मातहतमा लिएपछि संरक्षण समिति विगठनको प्रकृयामा गएको छ । जिल्ला प्रशासन कार्यालय इलामले पत्र लेखेर सम्पुर्ण सम्पतीको हिसावकिताब बुझाउन समितिलाई निर्दैशन दिएको छ ।
समितिले लेखापरिक्षण सम्पन्न गरेर साधारण सभा गर्ने तयारी गरेको बैठकमा सहभागी नेपाली कांग्रेस रोङका सभापति हरिबहादुर बुडाथोकीले जानकारी दिए । स्थामा २५३ जना साधारण सदस्य रहेका छन् । बुडाथोकीका अनुसार एक महिना भित्र साधारण सभा सम्पन्न गर्न समितिले काम गरिरहेको छ । बैठकमा नेपाली काग्रेस रोङका सभापति हरि बहादुर बुडाथोकी, नेकपा एमाले रोङका अध्यक्ष खड्ग आले, नेकपा माओवादीका गणेश कुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेन्द्र आचार्य, जनता समाजवादी पार्टीका केशबराज लुईटेल र नेकपा एसका वृहस्पती खतिवडा सहभागि थिए ।
प्रतिक्रिया