logo
  • २०८१ आश्विन २३ | Wed, 09 Oct 2024
  • मदन भण्डारीको जन्मजयन्तीमा इलाममा ‘आजको लोकतन्त्र उपलब्धि र चुनौती विषयक ‘अन्तरसंवाद

    मदन भण्डारीको जन्मजयन्तीमा इलाममा ‘आजको लोकतन्त्र उपलब्धि र चुनौती विषयक ‘अन्तरसंवाद


    इलाम , असार १४ । आजको लोकतन्त्र उपलब्धि र चुनौती विषयक अन्तरसंवाद कार्यक्रम इलाममा सम्पन्न भएको छ । मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले विहिबार इलाम सदरमुकाममा कार्यक्रमको आयोजना गरेको हो ।अन्तरसंवादमा एमालेका सचिव योगेश भट्टराई ,नेपाली कांग्रेसका नेता गुरु घिमिरे मुख्य बक्ताको रुपमा रहेका थिए ।


    कार्यक्रममा नेकपा एमाले इलाम जिल्ला कमिटी अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय महेश बस्नेत र नेपाल कांग्रेस इलामका सचिव निरोज खड्गीले शुभकामना मन्तव्य राखेका थिए ।

    मदन भण्डारी फाउण्डेसन इलामका उपाध्यक्ष रमेश राईले कार्यक्रमको औचित्य बारे जानकारी गराउनु भएको थियो । कार्यक्रम मदन भण्डारी फाउन्डेसन इलामका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा भएको थियो ।
    अन्तरसम्बादमा दुई वक्तालाई अधिवक्ता जस बहादुर लुङ्गेली, नेपाली काग्रेसका नेता हरि खनाल, हिमालय कर्माचार्या, पत्रकार सुजन तिमसिना लगायतले प्रश्न र सुझाव दिएका थिए

    । कार्यक्रममा जननेता मदन भण्डारीको बारेमा चर्चा भएको थियो । ताप्लेजुङको ढुंगेसागुमा २००९ साल असार १४ गते जन्मिएका भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगा निधन भएको थियो । नेपालमा जनताको बहुदलीय जनबादको सिदान्तलाई प्रतिपादन गर्नुभएका भण्डारी २०४६ सालको जनआन्दोलनमा बाम मोर्चाबाट सकृय रहनु भएको थियो । नेपाली कम्न्युष्टि आन्दोलनको दिशा स्पस्ट पार्न मदन भण्डारीको वैचारिक हस्तक्षेप सार्थक भएको मानिन्छ ।



    Avatar निगरानी संवाददाता    
  • २०८० असार १४, बिहीबार १६:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP