logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • सन्दकपुर गाउँपालिका अध्यक्षमा कांग्रेसका तुला गुरुङ उपाध्यक्षमा एसका हरि लुङ्गेली बिजयी

    सन्दकपुर गाउँपालिका अध्यक्षमा कांग्रेसका तुला गुरुङ उपाध्यक्षमा एसका हरि लुङ्गेली बिजयी

    इलाम जिल्लाको सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्धार तुलाराम गुरुङ विजयी हुनु भएको छ । निकटतम प्रतिष्पर्दी नेकपा एमालेका उम्मेद्धार उदय राईलाई नौ सय ६५ मत अन्तरले पछि पार्दै गुरुङ निर्वाचित हुनु भएको हो । 
    गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गुरुङले चार हजार दुई सय २३ मत पाउँदै बिजय हुनु भएको छ भने प्रतिष्पार्दी एमालेका उम्मेद्धार राईले तीन हजार दुई सय ५८ मत प्राप्त गर्नुभएको स्थानिय पत्रकार दिनेश सुवेदीले जानकारी दिनुभयो । 
    उपाध्यक्ष पदमा गठबन्धन तर्फबाट एकिकृत समाजवादीका हरी लुङ्गेलीले एमालेकी उम्मेद्धार तुलसादेवी सेडाईलाई छ सय ५१ मतअन्तरले पछि पार्दै लुङ्गेली निर्वाचित हुनु भएको हो ।
    यस गाउँपालिकामा वडा नम्वर एकमा एमालेको प्यानल नै विजयी भएो छ । वडा नम्वर दुईमा बठबन्धनका उम्मेद्धार विजयी हुनु भएको छ । वडा नम्वर तीनमा पनि गठबन्धनका उम्मेद्धार विजयी हुनु भएको छ ।वडा नम्वर चारमा अध्यक्षमा गठबन्धनका उम्मेद्धार विजयी हुनु भएको छ । पाँच नम्वर वडामा एमालेको प्यानल नै विजयी भएको बताइएको छ । पाँचवटा वडा रहेको यस स्थानिय तह मत गणना गरिसक्ने दोस्रो हो । यस अघि माङ्सेबुङ गाउँपालिकामा मतगणना सम्पन्न भइसकेको छ ।   



    निगरानी संवाददाता    
  • २०७९ जेष्ठ २, सोमबार ०९:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP