इलामः इलाममा बैसाख १५ मा हुने उपनिर्वाचन सन्दर्भमा आयोजित तरुण भेला सम्पन्न भएको छनेपाल तरूण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले उपनिर्वाचनमा नेपाली काङ्ग्रेसको उम्मेदवार डम्बर खड्काज्युलाइ जिताउन जिल्लामा खटिएको तरुणहरुसङ पछिल्लो अवस्थाको जानकारी लिएका थिए ।
इलाममा काङ्ग्रेसको जित सुनिस्चित गराउन तरुणहरुको भुमिका प्रभावकारी हुने कुरामा आफू विश्वस्त रहेको कुरा बताउदै बिजयको श्रेय इलाम तरुणहरुले पाउने कुरा बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदिय दलको प्रमुख सचेतक माननीय गोपाल तामाङ ,प्रदेश सांसद माननीय खगेन सिंह हाङामले आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रम नेपाल तरुण दल इलाम जिल्ला अध्यक्ष नरेश श्रेष्ठको शभापतित्वमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया