इलामका पालिकाका प्रमुखहरूद्धारा सपथग्रहण

इलामका पालिकाका प्रमुखहरूद्धारा सपथग्रहण


इलाम , जेठ ६
इलाम जिल्लाका स्थानीय तहमा नव निर्वाचित पालिकाका प्रमुखहरूले सपथग्रहण गरेका छन् । इलाम स्थित ७ वटा स्थानीय तहका निर्वाचित पालिका प्रमुखहरुलाई शुक्रबार सदरमुकाममा मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र इङनामले सपथग्रहण गराउनुभएको हो ।
बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी इलाम नगरपालिका , देउमाई नगरपालिका सन्दकपुर गाँपालिका , रोङ गाउँपालिका , माङसेवुङ गाउँपालिका , माईजोगमाई गाउँपालिका र चुलाचुली गाउँपालिकाका प्रमुखहरुले सपथ लिएका छन् ।


इलाम नगरपालिकामा नेपाली कांग्रेसका केदार थापा, देउमाई नगरपालिकामा नेकपा (एमाले)का सूर्य पोख्रेल, माई नगरपालिकामा एमालेका खम्वसिंह लिम्वु, रोङमा कांग्रेसका मणिकुमार स्याङ्वो , सन्दकपुरमा कांग्रेसका तुलाराम गुरुङ, चुलाचुलीमा कांग्रेसकै राजेन्द्र केरुङ, माइजोगमाईमा एमालेका कुशबहादुर थेबे, फाकफोकथुममा एमालेका दिपेन्द्र खनाल र माङसेवुङमा एमालेका हेमन्त राई विजयी भएका छन । माई नगरपालिका , फाकफोकथुम गाउँपालिकाका प्रमुख उपस्थित हुनु भएन । यो समाचार तयार पार्दा सम्म सुर्र्योदय नगरपालिका वडा १४ को मतगणना भइरहेको छ अन्तिम परिणाम प्राप्त भएको छैन ।