इलाम : इलाम नगरपालिका १ साखेजुङ्गका ९५ परिवारलाई विद्युतीय (इन्डक्सन )चुलो वितरण गरिएको छ । प्रदुषण रहित भान्सा र धुवारहित गाउँघरको विकासका लागि वडाका लक्षित वर्गलाई विद्युतीय चुलो वितरण गरिएको जनाइएको छ ।

आइतबार एक कार्यक्रमका वीच इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिक्ष्यता र सहयात्रा नेपालकी अध्यक्ष हेम कुमारी शिवाको अध्यक्षतामा चुलो वितरण गरिएको छ ।
इलाम नगरपालिकाले गत वर्ष स्थानीय जलवायु अनुकुलन योजना निमार्ण गरी जलवायु कार्य लक्षित कार्यक्रम संचालन गरिएको इलाम नगरपालिकाका केदार थापाले बताउनु भयो । इनधनको खपत कम गर्दै विद्युुत खपत बढाउन सके देशको रकम बाहिर नजाने खर्च पनि घट्ने उहँको भनाई छ ।
विश्वव्यापी रुपमा जलवायु परिवर्ननको अस्रर देखापरीरहेका अवस्थामा विद्युतीय चुलो वितरण सँगै विषादी रहित नगर बनाउन जैविक खेतीमा नमुना कार्यक्रकहरु संचालन गर्न लागीरहेको थापाले बताउनु भयो ।

विद्युतीय चुलोको प्रयोगले वातावरण , आर्थिक र स्वास्थ्यालाई फाइदा पुग्ने प्रकृति रिर्सोसेस सेन्टरका कार्यक्रम संयोजक विशाल लामिछानेले बताउनु भयोे ।
इलाम नगरपालिका , सहयात्रा नेपालको साझेदारी र उपभोक्ताको लागत सहभागीतामा विद्युतीय चुलो वितराण गरिएको इलाम नगरपालिका १ का वडाअध्यक्ष गायत्रीराम बस्नेतले बताउनु भएको छ । वडाका करिव ६० प्रतिशत नागरिकका घरमा विद्युतीय चुलो पुगेले दैनिकी सहज हुने अपेक्षा रहेको इलाम नगरपालिका वाड नं. १ का वडाअध्यक्ष बस्नेतले बताउनु भयो । आगामी वर्ष पनि अहिले छुटेका नागरिकको घरमा विद्युतीय चुलो पुर्याईने उहाँको भनाई छ । वडाले यस अघि नै वडा विद्युत विस्तार , काठे पोल विस्थापन र प्रत्येक नागरिकको घरमा विद्युत सम्बन्धीबा प्राविधिक पठाएको विद्युतीय चुलो बाल्न प्राविधिक रुपमा तयार गरेको थियो ।

वडामा विद्युतीय चुलो प्रयोग यस अघि नै तालिम संचालन गरिएको र चुलो वितरण पछि प्रयोग भए नभए उपभोक्ताको घरमा निगरानी गरिने वडा सचिव लोचन भट्टराईले बताउनु भयो । वडाका दलित , महिला , एकल महिला ,जेष्ठ नागरिक विपन्न परिवार लगायत लक्षित वर्गलाई चुलो वितरण गरिएको उहाँको भनाई छ ।
इलाम नगरपालिकाका १ मा पुरानै प्रणालीमा विद्युत प्रशारण भइरहेकोमा हाल परिवर्तन गरि नियामित विद्युत आपुर्तिको व्यवस्था मिलाईएको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख विजली प्रसाद यादवले बताउनु भयो ।
९ लाख ५७ हजार बराबरको विद्युतीय चुलो सहित प्रेसर कुकर , कराई र दिउरे वितरण गरिएको जनाइएको छ । सहयात्रा नेपालको ३ लाख रुपैया , इलाम नगरपालिकाको २ लाख ७७ हजार २१० रुपैया र उपभोक्ताको ३ लाख ८० हजार रुपैया लागत सहभागीता रहेको छ ।

प्रकृति रिर्र्सोसेस सेन्टर संस्थाको सहयोगमा इलाम नगरपालिका सँगको साझेदारीमा संचालन गरिएको विद्युतीय चुलो कार्यक्रमले वातावरण र महिला लगायको स्वास्थमा फाईदा पुग्ने सहयात्रा नेपाल संस्थाकी अध्यक्ष हेमकुमारी शिवाले बताउनु भयो । संस्थाले चुलो वितरण गर्नु अघि विद्युतीय चुलोको फाईदा , प्रयोग गर्ने तरीका बारे तालिम संचालन गरेको शिवाले बताउनु भयो । आगामी दिनमा स्थानीय सरकारको साझोदारीमा अन्य स्थानमा पनि विद्युतीय चुलो वितरण गरिने शिवाले बताउनु भयो ।

विद्युतीय चुलोले दैनिकी सहज हुने स्थानीय धनमाया डागीले बताउनु भयो । विद्युतीय चुलोको फाईदा बारे जानकारी पाए पछि आफु पनि विद्युतीय चुलो कार्यक्रममा सहभागी भएको उहाँको भनाई छ ।
प्रतिक्रिया