logo
  • २०८२ जेष्ठ २ | Thu, 15 May 2025
  • कालापानी भारतको होः उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावत

    कालापानी भारतको होः उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावत

    नयाँदिल्ली : भारतको उत्तराखण्डका मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता त्रिवेन्द्रसिंह रावतले नेपाली भूमि कालापानी क्षेत्रलाई भारतको भन्दै दावी गरेका छन् ।

    उत्तराखण्डको पिथौरागढ जिल्लाको कालापानी भन्दै नेपालले दावी गर्नुलाई ‘चिन्ताजनक’ भनेका छन् । ‘कालापानीबारे नेपालले जे कुरा भनिरहेको छ, यो चिन्ताजनक छ । भारतको जुन हिस्सा छ, त्यो भारतकै रहन्छ,’ रावतले भने ।

    नेपालका प्रधानमन्त्री केपी ओलीले कालापानीबाट भारतीय सेना फिर्ता पठाउन आग्रह गरेको दुई दिनपछि भारतीय नेता रावतले यस्तो प्रतिक्रिया दिएका हुन् । भारतीय चर्चित पत्रिका अमर उजालाले रावतको अभिव्यक्तिबारे समाचार बनाएको हो ।

    प्रधानमन्त्री ओलीको अभिव्यक्तिको समाचार बनाएको भोलिपल्ट त्यस पत्रिकाले रावतको प्रतिक्रियालाई समेटेको हो । उक्त पत्रिका स्वयंले पनि कालापानी क्षेत्रलाई नेपालले ‘दावी’ गरेको जनाएको छ । साथै कालापानी उत्तराखण्डको पिथौरागढ जिल्लामा रहेको उक्त पत्रिकाको जिकिर छ ।



    निगरानी    
  • २०७६ मंसिर ३, मंगलवार १३:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP