मन्त्रिपरिषद बैठक बस्दै , लकडाउन समय लम्बिन सक्ने

Share This
  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share
मन्त्रिपरिषद बैठक बस्दै , लकडाउन समय लम्बिन सक्ने

मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा लकडाउनको कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नेबारे छलफल हुने बुझिएको छ । बैठकमा अहिलेसम्मको समीक्षा गरिने भएको जनाइएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनको समयावधि बढाउने निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।
चैत्र १६ गते बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि थप ७ दिन थप्ने निर्णय गरे अनुसार थपिएको लकडाउनको अवधि भोलि सकिदैछ ।