logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • इलाममा तपाईको मास्क खोइ अभियान

    इलाममा तपाईको मास्क खोइ अभियान

    प्रदिप खड्का, इलाम पुस २७ । इलाममा तपाईको मास्क खोइ ? अभियान संचालन गरिएको छ । कोभिड–१९ को पहिलो तथा दोस्रो लहरको नियन्त्रण संगै पुनः कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा पनि क्रमिक रुपमा फैलिरहेको बेला मास्क अभियान सुरु भएको हो ।
    जिल्ला प्रहरी कार्यालय इलामको नेतृत्वमा जिल्लामा अभियान शुरू गरेको हो । स्वास्थ्य सुरक्षाका मापडण्ड सम्बन्धी सचेतना जगाउने, मास्क नलगाउने पैदल यात्रु, सवारी साधनका चालक, सहचालक, यात्रु तथा सर्वधारणलाई मास्क समेत बितरण गरीएको छ ।
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाको कमाणडमा खटिएको टोलिले चोकबजार, जिरो,धोबिधारा, बिप्ल्याटे बजार, गोलाखर्क लगायतका एरियामा स्थानिय मानिसहरुलाई सचेत गराई मास्क समेत बिरतण गरेको छ ।
    यसैबीच माईजोगमाई गाउँपालिकाको नयाँबजारमा पनि माक्स खोई अभियान संचालन गरिएको छ ।गाउँपालिका अध्यक्ष जितबहादुर राईको नेतृत्वमा प्रहरी सहितको टोलीले माक्स वितरण गरेको थियो । मंगलबारे हटियाको दिन भिड हुँने भएकाले माक्स बितरण गरिएको जनाईएको छ ।



    निगरानी संवाददाता    
  • २०७८ पुष २८, बुधबार ०१:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP