मलेसीया हिडेको युवा वेपत्ता

मलेसीया हिडेको युवा वेपत्ता

फिक्कलःइलामको सूर्योदय नगरपालिका १ बाङ्गिनका ३४ बर्षिय सुवास थामी एक बर्ष देखि वेपत्ता भएका छन् । मलेसिया जाने भन्दै घरबाट हिडेका उनी अहिले सम्म परिवारको सम्पर्कमा नआएको परिवारले जनाएको छ ।
दाजु विमल थामीका अनुसार गत बर्ष माघ २ गते मलेसिया जाने भन्दै काठमाण्डौ हिडेका सुवासले एक बर्ष देखि कसैलाई सम्पर्क गरेका छैनन् । विमलले भने ‘ भाइ वेपत्ता भयो, विदेशजान काढेको ऋण पनि बढेको बढेकै छ ।’ उनले विदेश जाने टुंगो लागेको भन्दै पैसा मागेपछि एक लाख ७५ हजार पठाएको समेत बताए । पछिल्लो पटक आठ बजे फ्लाइट छ पैसा पठाउनु भनेपछि रकम पठाएको विमलले बताए ।
एक बर्ष सम्म सम्पर्कमा नआएपछि परिवारको तर्फबाट दाजु विमलले इलाका प्रहरी पशुपतिनगरमा खोजतलासका लागि निवेदन गरेका छन् । उनले भने ‘प्रहरीले पनि खोजिरहेको जानकारी दिएको छ । सुवास यस अघि चार बर्ष मलेसीया र तीन बर्ष कतार बसेर फर्केका थिए ।