logo
  • २०८२ जेष्ठ २ | Thu, 15 May 2025
  • इलाम र फाकफोकथुमका पहिरो प्रभावितलाई सहयात्राद्धारा राहत सामाग्री वितरण

    इलाम र फाकफोकथुमका पहिरो प्रभावितलाई सहयात्राद्धारा राहत सामाग्री वितरण


    इलाम ।
    इलाम जिल्लाका पहिरो प्रभावित परिवारलाई सहयात्रा नेपालले राहत तथा खाद्यन्न सामाग्री वितरण गरेको छ । गत कार्तिक पहिलो साता परेको बेमौसमी वर्षाको कारण प्रभावित परिवारलाई सहयात्राले जिल्लाको फाकफोकथुम गाउँपालिका र इलाम नगरपालिकाका पहिरो बाट प्रभावित भएका एकसय नौ घरपरिवालाई परिवालाई राहत प्याकेज वितरण गरेको संस्थाले जनाएको छ ।
    पहिरोको कारण परिवारका सदस्य गुमाएका , घरमा पुर्ण र आंशिक क्षति भइ विस्तापित भएकाहरुलाई सहयोग पुर्याउने उदेश्यले राहत वितरण गरिएको संस्थाकी अध्यक्ष हेम कुमारी शिवाले बताउनु भएको छ । ‘बाढि पहिरोबाट प्रभावित भएका समुदायका महिलाहरुलाई खाद्यन्न राहत सामाग्री सहयोग कार्यक्रममा काठमाण्डांै स्थित टेवा संस्थाले आर्थिक सहयोग गरेको शिवाले बताउनु भयो । टेवाले सुरक्षा अनुदान ह्म्यानेटेरियन क्राइसिस सर्पोटको लागि इलाममा सहयोग गरको जनाइएको छ । सोही कार्यक्रममा इन्टर जेनेरेसनल फेमेनिस्ट फोरम –आइजीएफएपm ) ले ब्ल्याङकेट र ओढ्ने सल उपलब्ध गराएको संस्थाले जनाएको छ ।


    इलाम नगरपालिका र फाकफोथुम गाउँपालिका मा गरी १ सय ९ घर परिवारका ५ सय ३ जना लाभान्वित भएका छन । इलाम नगरपालिका वाड नं. ३ , ६ र ८ वडा साथै फाकफोकथुम गाउँपालिकाका पहिरो प्रभावितलाई ब्ल्याङकेट , हिट म्याट , ओढ्ने सल र चामल सहितको राहत प्याकेज वितरण गरिएको संस्थाकी सदस्य इन्दिरा तिखत्रीले बताउनु भयो ।
    स्थानीय तहको समन्वयमा वडाले छनौट गरेका पहिरो प्रभावितहरुलाई सामाग्री वितरण गरेको संस्थाले जनाएको छ ।

    सहयात्राले गाउँपालिकाका पहिरो प्रभावितलाई राहत प्याकेज उपलब्ध गराउदा बाढि पहिरो प्रभावितको पिडामा मल्हम लगाउने काम गरेको फाकफोथुम गाउँपालिका अध्यक्ष राम कुमार श्रेष्ठले बताउनु भयो । पालिकाले पहिरो प्रभावितको सही तथ्याङ संकलन गरी वास्तविक प्रभावित परिवालाई राहत प्याकेज प्रदान गरेको श्रेष्ठको भनाई छ । यसैबीच इलाम नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष माधव प्रसाद भट्टराईले सरकारले गर्न नसकेको काम सहयात्रा संस्थाले गरेको भन्दै राहत प्याकेजले पहिरोको कारण प्रभावित बनेका विपन्न परिवाराई सहयोग पुगेको बताउनु भयो ।
    गएको कार्तिक ३ गते बेमौसमी वर्षा पछि आएको बाढी पहिरोमा परी इलामा १५ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।



    निगरानी संवाददाता    
  • २०७८ माघ १३, बिहीबार १५:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP