logo
  • २०८१ फाल्गुन ६ | Tue, 18 Feb 2025
  • वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

    वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

    काठमाडौ बैशाख २३ वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । लामो समयदेखि न्युरोसम्बन्धी समस्यासँग जुधिरहनु भएका गायक प्रधानको ८२ बर्षको उमेरमा बिहीबार निधन भएको हो । छातीमा समस्या भएपछि न्युरो अस्पतालमा भर्ना हुनु भएका प्रधानको उपचारका क्रममा निधन भएको परिवारले पुष्टि गरेको छ । 

    विसं १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका थिए । प्रधानकी पत्नी किरण देवी र दुई छोराहरू प्रसन्न र कबिर प्रधान छन् ।

    प्रधानका ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत गीत प्रसिद्ध छन् ।

    सात सयभन्दा बढी गीत रेकर्ड गराउनु भएका प्रधान सानैबाट संगीतमा लाग्नु भएको थियो । उहाँको रेडियो नेपालमा  पहिलो रेकर्डेड गीत ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा’ थियो । प्रधानको निधनले नेपाली साङितिक आकाशमा एउटा नक्षत्र बिलय भएको छ ।



    निगरानी संवाददाता    
  • २०७८ बैशाख २३, बिहीबार ०९:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP