इलाम । सहयात्रा नेपाल संंस्थाले माईजोगमाई गाउँपालिकामा रहेको कोभिड अस्पतालको लागि स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सहयात्राले टेवाको संस्था काठमाण्डौको संयोजन तथा अर्जेन्ट एक्सन फण्डको आर्थिक सहयोगमा गाउँपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको जनाइएको छ । कोभिड १९ महामारी नियन्त्रण र उपचारमा सघाउ पुर्याउनले उदेश्यले अक्सिजन कन्सनटेटर १ थान, प्यासेन मनिटर १ थान, सक्सन मेशिन एक थान, नेबुलाइजर १ थान ,पिपिइ सेट १० थान, पुन प्रयोग गर्न मिल्ने वासएबल ग्राउन ४ थान प्रदान गरिएको सस्थाकी अध्यक्ष हेम कुमारी शिवाले बताउनु भयो । उक्त सामाग्री एक कार्यक्रमका बिच सहयात्रा नेपाल इलामकी अध्यक्ष हेमकुमारी शिवाले माईजोगमाई गाउँपालिका अध्यक्ष जीत बहादुर राईलाई हस्तान्तरण गर्नुभएको छ ।
स्वास्थ सामाग्री सहयोग गरेकोमा गाउँपालिका अध्यक्ष राईले सहयात्रा नेपालले सराहनीय काम गरेको भन्दै धन्यबाद दिनु भएको छ । कोभिड अस्पतालाई व्यवस्थित गर्न पालिकाले बजेट विनियोजन गरेको बताउदै सबै सँग साथ सहयोग लिएर महामारी नियन्त्रण गर्न र उपचारको लागि काम गर्न सकिने बताउनु भयो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गाउपालिकाका प्रशासकीय अधिकृत भागवत प्रसाद रेग्मी , स्वास्थ्य शाखाका दिपेन्द्र खनाल ,सहयात्रा नेपालको कोषाध्यक्ष सबिता पाण्डे लगायतको उपस्थिति रहेको थियो । सहयात्राले यसअघि रोङ गाउँपालिकामा स्वास्थ सामाग्री र उपकरण प्रदान गरिसकेको जनाएको छ ।
प्रतिक्रिया