पाँचथरको जोरसाल घटनाका हत्यारा पक्राउ

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
पाँचथरको जोरसाल घटनाका हत्यारा पक्राउ

पाँचथर , असार २३ । पाँचथरको फिदिम नगरपालिका ४ जोरसालमा बस्दै आएका ८० बर्षीय बृद्ध टेकबहादुर इङ्वाको हत्यामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फिदिम नगरपालिका २ पल्लोटारका ५९ बर्षीय जीव नारायण श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।श्रेष्ठलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । टेकबाहादुरको जेठ २९ गते राती सुतेकै ठाउमा ह’त्या भएको थियो ।

जग्गाको साँधसिमानाको बिषयमा पटक पटक झगडा हुने र पछिल्लो पटक खेतमा धानको बियाड राख्ने क्रममा पानीको बिषयलाई लिएर टेकबहादुर र श्रेष्ठको झगडा भएको प्रहरीको भनाई छ ।

उक्त झगडाकै कारण आक्रोसमा आएर टेकबहादुरलाई बाम्फोक र फलामको सोत प्रहार गरेर ह’त्या गरेको श्रेष्ठले प्रहरीसमक्ष स्वीकारेका छन् । श्रेष्ठ सडक बिभाग यान्त्रिक कार्यालय पाँचथरका सुरक्षा गार्ड हुन् ।