इलाम , बैशाख १३ ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि इलाममा एक हजार चार सय ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १० पालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र ८१ वडाका अध्यक्ष, सदस्य गरी ४ सय २५ कोटाका लागि एक हजार चार सय ५६ जनाले उम्मेदवारी दिएका हुन । निर्वाचन कार्यालयका अनुसार प्रमुख÷अध्यक्षका लागि ५९, उपप्रमुख÷उपाध्यक्षका लागि ४४, वडाध्यक्षका लागि ३ सय ३४, खुला सदस्यका लागि ५ सय ५२, महिला सदस्यका लागि २ सय ५१ र दलित महिला सदस्यका लागि २ सय १६ जनाले मनोनयन दर्ता गराएको निर्वाचन कार्यलयले जानकारी दिएको छ । इलाम नगरपालिकाको प्रमुख पदमा ६ जना, उपप्रमुखमा ७ सहित २ सय जना, चुलाचुलीको अध्यक्षमा ९, उपाध्यक्षमा ६ सहित १ सय ५५, देउमाईको प्रमुख र उपप्रमुखमा ५/५ सहित १ सय ३५ र फाकफोकथुमको अध्यक्ष र उपाध्यक्षमा ५/५ सहित १ सय २५ जनाको उम्मेदवारी परेको छ । माई नगरपालिकाको प्रमुखमा ९ तथा उपप्रमुखमा ४ जनासहित २ सय ६, माइजोगमाई गाउँपालिकाको अध्यक्षमा ४, उपाध्यक्षमा ३ सहित ७७, माङ्सेबुङको अध्यक्षमा ४ र उपाध्यक्षमा २ सहित ७९, रोङको अध्यक्षमा ६, उपाध्यक्षमा ४ सहित १ सय ४ जनाको उम्मेदवारी परेको छ। सन्दकपुरको अध्यक्षमा ६, उपाध्यक्षमा ३ सहित ८१ र सूर्योदयको प्रमुख–उपप्रमुखमा ५÷५ जनासहित २ सय ९४ जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ । जिल्लाका १० पालिकामा १० प्रमुख/अध्यक्ष र १० उपप्रमुख/उपाध्यक्ष निर्वाचित हुन्छन्। जिल्लाका ८१ वडामा १/१ अध्यक्ष, प्रत्येक वडामा २ खुला सदस्य, १ महिला सदस्य र १ दलित महिला सदस्य निर्वाचित हुने व्यवस्था छ ।
इलाम नगरपालिकामा विभिन्न दल र स्वतन्त्र गरी दुई सय जनाले उमेद्धारी दर्ता गराएका छन । प्रमुखमा ६ जना र उपप्रमुखमा ७ जनाको उमेद्धारी परेको छ । सत्तारुढ गठवन्धनबाट केदार थापा र नेकपा एमालेबाट धिरेन चेम्जोङले उमेद्धारी दिइका छन । उपमेयरमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी बिष्णु दाहालको छ भने एमालेका तर्फबाट सिता रिजालको मनोनयन दर्ता भएको हो । उपमेयरमै एकिकृत समाजबादीका तर्फबाट डिकेन्द्र दाहालले मनोनयन गरेका छन । जिल्लाकै धेरै दुइ सय ९४ जनाको उमेद्धारी सूर्योदय नगरपालिकामा परेको छ । प्रमुखमा र उपप्रमुखमा पाँच पाँच जनाको उमेद्धारी परेको छ । गठवन्धनबाट नेकपा एकिकृत समाजबादीका रणबहादुर राई र नेकपा एमालेबाट काजीमान कागतेको प्रमुख पदमा उमेद्धारी दर्ता भएको छ भने नेकपा एमालेबाट नगर उपप्रमुखमा निवर्तमान उपाध्यक्ष दुर्गा भट्टराईको मनोनयन दर्ता भएको छ । गठबन्धनबाट निवर्तमान उप प्रमुखमा नेपाली कांग्रेसका दुर्गा बरालको छ । माइ नगरपालिकामा जम्मा दुइ सय ६ जनाको मनोनयन पत्र दर्ता भएको छ । प्रमुखमा नौ जना र उप प्रमुखमा चार जना प्रतिष्पर्दामा रहेका छन् ।
गठबन्धनबाट माओवादीका धनबहादुर लिम्बु उमेद्धारी दर्ता भएसँगै असन्तुस्ट जनाउँदै भएसँगै नेपाली कांग्रेसका अर्जुन काफ्ले र माओवादीकै नेता भक्त बहादुर लुङ्गेली स्वतन्त्र उम्मेद्वारी दिएका छन । एकिकृत समाजवादीका अनिलकुमार तामाङ, मंगोल नेशनलका चन्द्र कुमार फागो, राष्ट्रिय जनमूक्तिका गंगा प्रसाद थेगीम, र राप्रपाका लालबहादुर थापाले प्रमुख पदमा मनोनयन गरेका छन । त्यस्तै उपप्रमुखमा नेकपा एमालेबाट हिमा भण्डारी, मंगोल नेशनल बाट सपना राई, नेपाली कांग्रेसबाट हेम बहादुर लिम्बु र राजपा बाट रुपमाया लिम्बु रहेका छन ।
देउमाई नगरपालिकामा जम्मा एक सय ३५ जनाको उमेद्धारी दर्ता भएकोमा प्रमुखमा पाँच र उप प्रमुखमा पाँच जनाको उमेद्धारी दर्ता भएको छ । देउमाई नगरपालिकामा एमालेका तर्फबाट प्रमुख र उपप्रमुख सूर्य पोख्रेल र पविमाई राईले मनोनयन दर्ता गराएका छन । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट होम दुलाल र उपप्रमुखमा भने गठबन्धनबाटै माओवादी केन्द्रका राम राईले मनोनयन दर्ता गराएका छन ।
माइजोगमाई गाउँपालिकामा जम्मा ७७ जनाको मनोनयन पत्र दर्ता भएको छ । यस मध्ये ४ अध्यक्ष पदमा र तीन उपाध्यक्ष पदमा मनोनयन पत्र दर्ता भएको छ । नेकपा एमालेबाट माईजोगमाई गाउँपालिकाको अध्यक्ष पदमा कुशबहादुर थेवेको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष सावित्री भट्टराईको उम्मेद्वारी परेको छ । त्यस्तै गठबन्धनबाट निवर्तमान अध्यक्ष जीतबहादुर राई र उपाध्यक्षमा कांग्रेसबाट प्रविना राईको उम्मेद्वारी परेको छ ।
फाकफोकथुम गाउँपालिकामा जम्मा एक सय २५ जनाको उमेद्धारी दर्ता भएकोमा पाँच पाँच जनाको अध्यक्ष र उपाध्यक्ष पदमा उमेद्धार मनोनयन पत्र दर्ता भएको छ ।
फाकफोकथुम गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र खनाल र उपाध्यक्षमा कल्पना राईको उम्मेद्वारी परेको छ । गठबन्धनबाट अध्यक्षमा डिकबहादुर थापाको उम्मेद्धारी दर्ता भएको छ । उपाध्यक्षमा काङ्ग्रेसबाट भद्रमाया खड्का, माओवादीबाट कुल बहादुर वान्तावा, मंगोल नेशनलबाट सोनिया योङहाङ लिम्बु, स्वतन्त्र–तेज प्रकाश पौड्यालको उम्मेद्धवारी परेको छ ।
चुलाचुली गाउँपालिकामा एक सय ५५ जना उमेद्धारले मनोनयन पत्र दर्ता गरेका छन् । अध्यक्ष पदमा नौ जनाको र उपाध्यक्ष पदमा ६ जना उमेद्धारको मनोनयन पत्र दर्ता भएको छ । चुलाचुली गाउँपालिकामा अध्यक्ष पदका लागि नेकपा एमालेका ओमनारायण खनाल र उपाध्यक्षमा दिलकुमारी लिम्बूको उम्मेद्वारी परेको छ । त्यस्तै गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ र उपाध्यक्षमा माओवादीको तर्फबाट तुला लावतीको उम्मेद्धारी परेको छ ।
माङ्सेवुङ गाउँपालिकामा जम्मा ७९ जना उमेद्धार मध्ये अध्यक्ष पदमा चार जनाले र उपाध्यक्ष पदमा दुइ जना उमेद्धारले मनोनयन पत्र दर्ता गरेका छन् । माङसेबुङ गाउँपालिकाको अध्यक्ष पदका लागि गठबन्धनबाट अध्यक्ष पदमा नेपाली कांग्रेसबाट निवर्तमान अध्यक्ष डिकेन्द्र इदिङ्गो र उपाध्यक्षमा जनता समाजवादीबाट विनोद नेम्वाङको उम्मेद्वारी परेको छ । नेकपा एमालेबाट हेमन्त राई र उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष सुनिता राईको उम्मेद्वारी परेको छ ।
रोङ गाउँपालिकामा एक सय चार जना उमेद्धारले मनोनयन पत्र दर्ता गरेका छन् । अध्यक्ष पदमा ६ जना र उपाध्यक्षमा चार जनाले उमेद्धारी दिएका छन् । नेकपा एमालेबाट रोङ गाउँपालिकाको अध्यक्ष पदमा मेहरमान तामाङ र उपाध्यक्ष पदमा विष्णुमाया खवासको उम्मेद्वारी परेको छ । त्यस्तै गठबन्धनबाट अध्यक्षमा मनिकुमार स्याङ्वो (सुवास) र कल्पना भण्डारीको उम्मेद्वारी परेको छ । गठबन्धनमा दुवै पद कांग्रेसले पाएको थियो ।
सन्दकपुर गाउँपाकिलामा जम्मा ८१ जनाको उमेचद्धारी परेको छ । अध्यक्ष पदमा ६ जना र उपाध्यक्ष पदमा चार जना उमेद्धारले मनोनयन पत्र दर्ता गरेका छन् । सन्दकपुर गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा तुलाराम गुरुङ र उपाध्यक्षमा एकिकृत समाजवादीका हरिलुङ्गेलीको उम्मेद्वारी परेको छ । त्यस्तै नेकपा एमालेका विर्तमान अध्यक्ष उदय राई र उपाध्यक्षमा तुलसा देवि सेडाईले मनोनयन दर्ता गराए । नेकपा एमाले जिल्ला कमिटी इलामका सचिव रहेका उमेस गुरुङले सचिव पदबाट राजिनामा दिएर स्वतन्त्र उम्मेद्वारी दिएका थिए तर सचिव गुरुङले मंगलबारनै उम्मेद्वारी फिर्ता गरेका छन ।
इलाम जिल्लामा चुनाव चिन्ह सहित उमेद्धार बन्न पाउने १७ वटा राजनैतिक दल दर्ता भएका छन् । भने स्वतन्त्र रुपमा पनि विभिन्न पदमा उमेद्धारहरुले मनोनयन पत्र दर्ता गरेका छन् । जिल्लामा वडा संख्या ८१ रहेको छ ।