सहयात्रा नेपालको छैटौ साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाकी अध्यक्ष हेमकुमारी शिवाले प्रगति प्रतिवेद पेश गर्नु भएको थियो भने कोषाध्यक्ष सविता पाण्डेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थयो । इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काली बहादुर भुजेलको प्रमुख आतिथ्यता र संस्थाकी अध्यक्ष हेमकुमारी शिवाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सस्थापक सल्लाकार तथा गैरसरकारी संस्था महासंघ प्रदेश १ का अध्यक्ष प्रकास अधिकारी ,गैरसरकारी संस्था महासंघ इलामका अध्यक्ष कमल नेपाल र संस्थाका सल्लाकार राम रिमालले शुभकामना मन्तव्य राख्नु भएको थियो । साधारण सभाको अवसरमा काठमाण्डौमा रहेको टेवा संस्था सम्मानित भएको छ ।
सहयात्रालाई स्थापनाकाल देखि नै संस्थाले संचालन गरेका सामुदायिक विकास वातावरण संरक्षण , महिला अधिकार र सामाजिक न्यायको क्ष्ोत्रमा काम गर्न सहयोग र परामर्श गरी योगदान पुर्याएकोले सम्मन गरिएको जनाईएको छ । २०७१ सालमा महिलाहरुको सकृयतामा स्थापना भएको सहयात्राले महिला ,बालबालिका , अपाङताको क्षेत्रमा काम गर्दै आएको छ भने बातावरण संरक्षणको क्षेत्रमा समेत काम गर्दै आएको छ । कोभिड १९ को महामारीको समयमा पनि विपन्न परिवार र समुदायलाई खाद्यन्न , स्वास्थ्य सामाग्री वितरण गर्दै आएको छ । सिमसार संरक्षण , खानेपानी आयोजना निमार्ण वितरणमा स्थानीय सरकार सँग समन्वय गरी काम गरी रहेको जनाइएको छ ।
प्रतिक्रिया