इलाम चोकबजारमा चिया मजदुरको मुर्ति

इलाम चोकबजारमा चिया मजदुरको मुर्ति

इलाम मंसीर २५
इलाम सदरमुकाम स्थित चोक बजारमा निमार्ण गरिएको चिया मजदुरको मुर्ति अनावरण गरिएको छ । विहिबार एक कार्यक्रमका बीच इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशिला नेम्बाङले महिला मजदुरले चिया टिप्दै गरेको मुर्ति अनावरण गर्नु भएको हो । विक्रम सम्बत १९२० मा इलामका बडाहाकिम गजराज सिंह थापाले चिया रोपन सुरु गरेका थिए । १९३५ सालमा बगान रहेको स्थानमा इलाम चिया कारखाना स्थापना गरिएको थियो । इलाम नगरपालिका ७ मा रहेको नेपालको पुरानो चिया बगान र चिया कारखानामा काम गर्ने मजदुरहरुको सम्मानमा इलाम नगरपालिकाले महिला चिया मजदुरको मुर्ति स्थापना गरेको जनाएको छ । श्रम र श्रमजिवि व्यक्तिहरु समाजका निमार्णकता , समृद्धिका सम्बाहक भएकोले उनीहरुको माध्यमबाट मात्रै यो ठाउँलाई समृद्ध बनाउन सकिने र मुलुुकको विकास गर्न सकिन्छ भन्ने सन्देशका साथ मजदुरको मुर्ति चोकमा स्थापना गर्न सकेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनु भयो ।
राजनिनिक परिवर्तनकै कारण आज मजदुरको सालिक निमार्ण गर्न सकिएको बताउनु भयो । गणतन्त्र केवल शब्दमा मात्रै नभई व्यवहारमा पनि आएको भन्दै राजाको शालिक रहने स्थानमा चिया मजदुरको शालिक निमार्ण गर्न सकिएको बताउनु भयो । जनप्रिय व्यवस्था के हुने रहेछ भन्ने कुराको सन्देशको रुपमा रहन सक्ने बताउनु भयो ।
इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठले नेपालका इलामबाटै चिया रोपण सुरु गरेको इतिहासलाई सम्झदै चिया मजदुरकोे मुर्ति स्थापना गर्दा गौरव लागेको बताउनु भयो । नगरभित्र विभिन्न स्थानलाई पर्यटकलाई आर्कषित गर्न नगरलाई श्रृंगार्न लागी रहेको बताउनु भयो ।
विश्व मानवअधिकार दिवसको अवसरमा मुर्ति अनावरण गरिएको हो । इलामका मुर्तिकार विष्णु श्रेष्ठले महिला मजदुरले डोको बोकेर चिया टिप्दै गरेको मुर्ति बनाएका हुन ।