logo
  • २०८१ मंसिर १९ | Wed, 04 Dec 2024
  • इलाम नगरपालिकाको पर्यटकीय गन्तव्य पाटेनागीमा गुँरासका विरुवा रोपण

    इलाम नगरपालिकाको पर्यटकीय गन्तव्य पाटेनागीमा गुँरासका विरुवा रोपण


    इलाम :
    इलाम नगरपालिकाको पर्यटकीय स्थान पाटेनागीमा वृक्षारोपण गरिएको छ । इलाम नगरपालिका ३ स्थित पाटेनागीमा गुराँसका बिरुवा रोपिएको छ । हिमाली दृश्य, लेकाली जिवनशैली र जैविक विविधताले ढाकिएको पाटेनागीमा गुराँसको संरक्षण गर्ने उदेश्यले वृक्षारोपण अभियान थालिएको छ ।


    इलाम नगरपालिका नगर कार्यापालिकाको आयोजना र पाटेनागी पर्यटन प्रवद्र्धन विकास समितिको सहयोगमा शुक्रबार ६ सय गुराँसका विरुवाको रोपण गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख जयप्रकास राई, इलाम नगरपालिका प्रमुख केदार थापा, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपाल प्रहरीका प्रमुख दिलिप घिमिरे, नेपाली सेना गणिथुम्की ब्यारेकका प्रमुख सुनिल सुवेदी, इलाम नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेशकुमार खड्का, वडाअध्यक्षहरु, पर्यटनकर्मी लगायतको उपस्थिति रहेको थियो ।

    इलाम नगरपालिकाको पर्यटकीय क्षेत्रको बिकास ,सौन्दयकरण, गर्दै रैथाने जातका बोट बिरुवा रोपिएको नगर प्रमुख केदार थापाले बताए । वातावरणलाई स्वच्छ राख्ने निति अनुरुप साथै पर्यटकीय स्थानको रुपमा विकास गरीरहेको पाटेनागीमा गुरास रोपिएको बताउनु भयो । नगरपालिकाले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागीरहेको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०८० श्रावण १३, शनिबार १६:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP