logo
  • २०८३ असार २९, सोमबार | Mon, 13 Jul 2026
  • फिक्कलमा आँखा तथा कान उपचार आरम्भ

    फिक्कलमा आँखा तथा कान उपचार आरम्भ

    फिक्कल : इलामको फिक्कलमा फिक्कल आँखा तथा कान उपचारको विहीबार आरम्भ गरिएको छ । सूर्योदय नगरपालिकाका प्रमूख रण बहादुर राई र उपप्रमुख दुर्गा कुमार बरालले उद्घाटन गरेको उपचार केन्द्रले विशेषज्ञ डाक्टर सहितको सेवा शुरु गरेको हो ।
    विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योती संघले शुरु गरेको केन्द्रले मोतिया विन्दुको सल्यकृया लगायका उपचार सेवा प्रदान गर्ने संघले जनाएको छ ।


    केन्द्रको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईले केन्द्रलाई अस्पतालको रुपमा विकास गर्न इलामका सबै स्थानीय तहले सहयोग गर्नुपर्ने बताए । कार्यक्रमका विशेष अतिथि सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा कुमार बरालले केन्द्रको विकासका लागि नगरपालिकाले सहयोग गर्ने बताए ।


    माईजोगमाई गाउँपालिकाकी उपाध्यक्ष प्रविना राईले संघको प्रयासमा स्थापना भएको केन्द्रले पहाडी जिल्ला इलामका नागरिकलाई सुविधा थपेको बताइन् ।
    संघका इलाम अध्यक्ष इन्द्र फूयालको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष श्यामसुन्दर उदास, सिविएमका कन्ट्रि डाइरेक्टर सुवास सिग्देल, चौधरी आँखा अस्पताल लहानका अध्यक्ष रविन्द्रलाल चौधरी लगायतले केन्द्रको प्रगतीका लागि स्थानीय सरकार र नागरिकको सहयोग आवश्यक रहेको बताए ।


    विराटनगर आँखा अस्पतालकी मेडीकल सुपरिटेण्डेन डा रक्षा पन्तले आँखा र कानका जटिल समस्या बाहेकका लागि इलाम र आसपासका नागरिकले अब अरु तिर जानु नपर्ने बताइन् । उनले केन्द्रमा अत्याधुनीक मेसिनको सेवा समेत शुरु गरेको जानकारी दिइन् ।


    संघका सचिव विष्णु कार्कीले संघले इलामको सूर्योदय नगरपालिका र माइजोगमाई गाउपालिकामा समूदाय र विद्यालयमा पुगेर आँखा र कानको परिक्षण सम्पन्न गरेको बताए ।
    संघका इलाम अध्यक्ष फुयालले सबैको प्रयासले मात्रै केन्द्रका् स्थापना सम्भव भएको बताए । संघले केन्द्रमै तीन दिने आँखा जाँच तथा सल्यकृया सिविर सुरु गरेका अध्यक्ष फूयालले जानकारी दिए ।



    निगरानी    
  • २०८० माघ २५, बिहीबार १५:२२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP