logo
  • २०८१ मंसिर १९ | Wed, 04 Dec 2024
  • डेंगु रोग नियन्त्रणको लागि इलाम नगरपालिकामा ‘खोज र नष्ट’ गर अभियान

    डेंगु रोग नियन्त्रणको लागि इलाम नगरपालिकामा ‘खोज र नष्ट’ गर अभियान



    इलाम : इलाम नगरपालिकामा डेंगु रोग नियन्त्रणको लागि खोज र नष्ट गर अभियान सुरु भएको छ । इलाम नगरपालिका र स्वास्थ्य कार्यलय इलामको समन्वयमा शुक्रबार विहान ७ बजेदखि १० बजे सम्म डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने कार्य गरिएको छ । इलाममा डेंगु रोग बढ्दै गएकोले नियन्त्रण गर्न र थप फैलन नदिन अभियान सुरु गरेको इलाम नगरपालिका मेयर केदार थापाले बताउनु भयो । डेंगु रोगको प्रमुख कारण लामखुट्टे र यसले अण्डा पार्ने पानी जम्ने स्थानहरु खोजी गर्दै नष्ट गर्ने अभियान संचालन गरिएको उहाँको भनाई छ ।


    इलाम नगरपालिका ८ धोविधारा देखि इलाम चोक बजार क्षेत्रका विभिन्न स्थानमा डेंगुको लार्भा खोज्ने र नष्ट गर्ने कार्य गरिएको इलाम नगरपालिका ८ का वडाअध्यक्ष दलमान तामाङले बताउनु भयो ।
    जनचेतनाको लागि साथै अन्य पाालिकाहरुमा पनि कार्यक्रम संचालन गर्न सक्ने भएकोले अभियान थालिएको स्वास्थ्य कार्यलय इलामका प्रवक्ता तथा डेंगु रोगका फोकल पर्सन विमल बरालले बताउनु भयो । टायर, ड्रम, गमला, खाल्डाखुल्डी , नालीमा लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको घरभित्र र वरिपरि पानी जम्न दिन नहुने स्वास्थ्यकर्मी बताउछन ।


    कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई , इलाम नगरपालिकाका प्रमुख केदार थापा , इलाम नगरपालिकाका उप्रमुख विष्णु कुमारी दहाल लिम्बु , प्रमुख जिल्लम अधिकारी श्रवण कुमार पोखे्रल , कर्मचारी , जनप्रतिनिधी ,नेपाल प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेना लगायत स्थानीय बासीको सहभागिता रहेको थियो । इलाममा डेंगुका बिरामी बढन थालेपछि सरसफाई अभियान संचालन गरिएको छ । इलाममा विहिबार सम्मको तथ्याङ्ख अनुसार २१ जना डेंगुका बिरामी रहेको स्वास्थ्य कार्यलयले जनाएको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०८० श्रावण २०, शनिबार ०९:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP