logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • नेपालमा पहिलो पटक हुन लागेको वुमेन च्याम्पियन्स लिग आजदेखि सुरु

    नेपालमा पहिलो पटक हुन लागेको वुमेन च्याम्पियन्स लिग आजदेखि सुरु

    काठमाडौं । नेपालमा पहिलो पटक महिला फ्रेन्चाईज क्रिकेट प्रतियोगिता वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा क्वाट क्विन्स काठमाडौं र चितवन राईनोजबीच प्रतिस्पर्धा भएको छ । उक्त खेल टियु मैदानमा बिहान साढे ११ बजे सुरु भयो ।

    प्रतियोगितामा विभिन्न पाँच शहरका पाँच टोली सहभागी हुनेछन् । ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइन्ट्सले प्रतियोगिता खेल्लेछन् । राउण्ड रोबिनको आधारमा हुने उक्त प्रतियोगितामा सहभागी सबै टोलीले एक अर्कासँग खेल्नेछन् ।

    शीर्ष स्थानमा पुग्ने टोली स्वतः फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्नुपर्ने छ । यस्तै अन्तिम स्थानमा रहने दुई टोली समूह चरणबाटै बाहिरिने छन् ।

    प्रतियोगिताको विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडीले टीभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्स वुमनले जनही रु २५ हजार प्राप्त गर्नेछन् ।



    निगरानी    
  • २०७६ आश्विन २९, बुधबार १०:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP