इलाममा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी जुविलेन्टलाई

इलाममा सम्पन्न  राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी जुविलेन्टलाई

इलाम , चैत १५ इलाममा सम्पन्न १३औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी जुविलेन्ट इलाईट एकेडेमीले प्राप्त गरेको छ । इलाईट सात स्वर्ण सहित पहिलो भएको छ । इलाममा रहेको एकेडेमीले १२ औ प्रतियोगितामा समेत उपाधी उचालेको थियो । प्रतियोगितामा सिंहदेवि माध्यमिक विद्यालय, फाकफोकथुम दोस्रो भएको छ । सिंहदेबि छ स्वर्ण प्राप्त गर्दै दोस्रो भएको हो । जनता माध्यमिक विद्यालय, चुलाचुली तेस्रो भएको छ । प्रदेश सरकार भूमिका व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले पुरस्कर बितरण गर्नु भएको थियो ।