logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • प्रथम रेडहर्ष पत्रकारिता पुरस्कार घिमिरेलाई

    प्रथम रेडहर्ष पत्रकारिता पुरस्कार घिमिरेलाई


    इलाम : रेडहर्ष फूटबल क्लब इलामले पत्रकार गणेश घिमिरेलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । इलाममा शनिबार सम्पन्न इलाम गोल्डकपको फाइनलको समापनमा क्लबले पत्रकार घिमिरेलाई प्रथम रेडहर्ष पत्रकारीता पुरस्कारबाट पुरस्कृत एवं सम्मान गरेको हो ।क्लब स्थापना कालदेखि इलामको खेल पर्यटनलाई सुचना सञ्चारको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै क्लबले पत्रकार घिमिरेलाई नगद ११ हजार ५ सय रुपैंयाँ सहित सम्मान गरेको हो ।

    को हुन घिमिरे !

    २०६३ सालदेखि पत्रकारीता सुरु गरेका गणेश घिमिरेलेपत्र पत्रिका हकर (बितरक) को रूपमा काम थालेका थिए ।
    सुरुमा झापाको पूर्वाञ्चल दैनिक पत्रिकाको  इलाम संबाददाता त्यसपछि पूर्व मेची साप्ताहाीक इलाम,
    झापाको प्रतिदिन दैनिक ,सन्दकपुर दैनिक ,तराई टेलिभिजनमा इलाम सम्बादाताको रूपमा काम गरीसकेका छ्न । २०६४ मस  स्थापित रेडियो नेपालबाणि एफएमको इलामको संवाददाता हुँदै हाल समाचार सम्पादकको रूपमा कार्यरत छ्न । हाल इलाम एक्सप्रेस दैनिक , नेपाल समाचार पत्र दैनिक, हिमालय टेलिभिजन इलाम संवाददाताको रूपमा काम गरिरहेका घिमिरे इलामका व्यवसायिक पत्रकार हुन । नेपाल पत्रकार महासंघमा २०६७ मा सदस्यता प्राप्त पछि
    दुई कार्यकाल कार्यसमिति सदस्य बनी सकेका उनी हालै सम्पन्न  अधिबेशनबाट केन्द्रिय परिषद सदस्य निर्वाचित भएका छन । नेपाल प्रेस यूनियन इलाम शाखाको सचिब हुँदै हाल यूनियनको केन्द्रिय पार्षद छन ।  नेपाल ट्रेड यूनियन काङ्ग्रेस  इलाम शाखाको पूर्व सह सचिवको रुपमा जिम्मेवारी सम्हाली सकेका छन । फुटबल , चेस , क्रिकेट जस्ता खेलको रिपोर्टिङमा दखल राख्ने घिमिरे फुटबल कमेन्टरको रुपमा पनि उतिकै सकृय छ्न । 



    निगरानी संवाददाता    
  • २०८१ मंसिर ३०, आईतवार १६:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP