logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • माईजोगमाई अध्यक्ष कप : फाकफोकथुम फाईनलमा

    माईजोगमाई अध्यक्ष कप : फाकफोकथुम फाईनलमा


    डम्बर कुमार निरौला , बैशाख १६, माईजोगमाई

    फाकफोकथुम गाउँपालिका माईजोगमाई गाउँपालिका अध्यक्ष कपको फाईनलमा प्रवेश गरेको छ । माईजोगमाई गाउपालिकालाई टाइब्रेकरमा पराजित गरि फाकफोकथुम फाइनल प्रवेश गरेको हो ।
    ट्राईब्रेकरमा माईजोगमाई गाउपालिकाको तर्फबाट जर्सी नम्बर १३ का खेलाडि बसन्त थेवे र जर्सी नम्बर १४ का खेल्लाडि चिरण राईले गोल गरेका थिए ।

    फाकफोकथुमको तर्फबाट जर्सी नम्बर ४ का टेकेन्द्र राना जर्सी नम्बर ९ का प्रविन राई जर्सी नम्बर ६ का निर्मल राई जर्सी नम्बर ७ का पुजन राईले गोल गरेका थिए ।
    खेलको म्यान अफ द म्याच माईजोगमाई गाउपालिका जर्सी नम्बर १६ का सुजन फागो घोषित भए । फाकफोकथुम गाउँपालिकाले बैशाख १९ गते फाईनल खेल खेल्ने छ । आइतबारको सेमि फाईनल खेल ईलाम नगरपालिका र माङसेबुङ गाउपालिका बिच हुने छ । 
    खेलको बिजेताले नगद रु दुई लाख दश हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छ । उपबिजेता टिमले रु एक लाख बिस हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछन् ।



    निगरानी संवाददाता    
  • २०८० बैशाख १७, आईतवार ०७:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP