इलाम : नेपाली काङ्ग्रेसको तर्फबाट प्रदेश नम्बर १ का राष्ट्रिय सभाका उम्मेद्धवारहरुले लोकतन्त्रकाे अन्तर बस्तुको रक्षाका लागि चुनावी मैदानमा अाएको बताएका छन् ।
मतदातासंग भेटघाट गर्न इलाम अाएका उनीहरूले लोकतन्त्रको दिर्घ जीवनका लागि पनि काङ्ग्रेस उम्मेदवारलाई जिताउन आग्रह गरे ।
आज इलाममा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनीहरुले मतदाताहरुलाई लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
कार्यक्रममा वोल्दै राष्ट्रिय सभा सदस्य पदका उम्मेद्धवार राजेन्द्र घिमिरे तथा राष्ट्रिय सभा सदस्य पदकै दलित तर्फ बाट उम्मेद्धवार निर बहादुर धमला(बिमलले) पार्टी भन्दा माथि उठेर आफूहरुलाई विजयी गराउन आग्रह गरे ।
प्रदेश नम्बर १ को विराटनगरमा आगामी माघ ९ गते हुने निर्वाचनमा राजेन्द्र घिमिरे, दलित सदस्यको तर्फबाट बिमल धमला, र महिला कोटामा सुनसरीको धरान निवासी मिना पुलामी मगर भिड्दैछिन् ।
२ वर्षे कार्यकाल अवधि सकिएपछि प्रदेश नम्बर १ मा ३ वटा राष्ट्रिय सभा सदस्यको पद रिक्त छ । उक्त निर्वाचनका लागि प्रदेश नम्बर १ का निर्वा्चित तथा समानुपातिक सांसदहरु ९३ जना,स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरु २ सय ७४ गरी ३ सय ६७ जना मतदाताहरुले मतदान गर्ने छन् । कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव खगेन्द्र देवान, नेपाल प्रेस युनियनका अध्यक्ष विप्लव भट्टराई , तरूण दलका अध्यक्ष नरेश श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । सहभागीले काङ्ग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने सुझाव दिएको सहकर्मी राजिप न्यौपानेले जानकारी दिए
प्रतिक्रिया