logo
  • २०८२ असार २८ | Sat, 12 Jul 2025
  • राम रानालाई बेलै नभइ ‘बधाई’

    राम रानालाई बेलै नभइ ‘बधाई’

    इलाम /नेकपाका इलाम अध्यक्ष तथा प्रदेश नम्बर १ का सांसद राम रानाले मन्त्री नै नभइ बधाइ पाउन थालेका छन् । मंगलबार साझ देखि फेसबुकमा बधाई पाइरहेका रानालाई प्रदेश सरकारले मन्त्रीमा नियुक्ति गरेको छैन ।
    प्रदेश नम्बर १ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएकोमा सामाजीक सञ्जाल फेसबुकमा बधाइ पाएका उनी भने गाउँमा विभिन्न कार्यक्रममा व्यस्त भएको बताउँछन् ।
    रानाले पनि ‘साथीहरुबाट खबर पाएको’ बताए । मन्त्री मण्डल विस्तार गर्ने तयारी भएको र एक जना मन्त्री राना भएको खबर विराट नगरको दर्शन दैनिकले मंगलबार प्रकाशन गरेपछि रानाका पछि लाग्नेको लर्को फेशबुकमा बढेको थियो ।

    नेकपाका कार्यलय सचिव नवराज शंकरले माघ ५ भित्रमा रानाको मन्त्रीका रुपमा सपथ खाने दावी गरे । इलामका अनलाईनहरुले विराटनगरबाट लेखेको समाचार साभार गरेर रानाको फेसबुकमा ट्याग गरेपछि बधाई शुरु भएको हो ।
    मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार धुर्व सुवेदीका अनुसार मन्त्रीपरिषद विस्तारनै भएकाे छैन ।



    निगरानी    
  • २०७६ माघ १, बुधबार १०:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP